३ पुष २०८२, बिहीबार
,
Latest
शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेशका मुख्यमन्त्री भन्छन्- श्रमिक अधिकार कार्यान्वयन गर्नु आजको आवश्यकता



अ+ अ-

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले श्रमिक अधिकार कार्यान्वयन गर्नु आजको प्रमुख आवश्यकता भएको बताउनुभएको छ ।

श्रमजीवीहरुले सङ्घर्ष गरेर स्थापित गरेको दिन मे १ अर्थात ११३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा स्वदेश, विदेश तथा कर्णालीवासी सम्पूर्ण श्रमिक वर्गलाई शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री शाहीले श्रमिकको महत्वपूर्ण योगदानले आजको व्यवस्थामा आइपुगेको बताउनुभयो ।

आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुएको छ, “मुलुकको प्रगति र उन्नतिका लागि निरन्तर कर्म क्षेत्रमा जुट्ने असङ्ख्य श्रमिकप्रति उच्च सम्मान प्रकट गर्दछु । श्रमिकको अधिकार सुनिश्चित् गर्न र सामाजिक आर्थिक समुन्नति हासिल गर्न सम्पूर्ण नेपाली एकजुट हुनुपर्दछ ।” यद्यपि नेपालको संविधानको मौलिक हकमा श्रम र सामाजिक सुरक्षाको हकको व्यवस्था गरिएको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।

मुख्यमन्त्री शाहीले सम्पूर्ण श्रमिकको हित अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षालगायतका श्रम अधिकार सार्थकरुपमा प्रयोग गर्न सक्ने प्रेरणा श्रमिक दिवसबाट मिल्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।