• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

आईपीएलः मुम्बईको पहिलो जित



एजेन्सी । आईपीएल २०२२ को ४४ औं खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको छ ।

राजस्थानले दिएको १५४ रनको लक्ष्य मुम्बईले चार बल बाँकी रहँदै पुरा गरेको हो । पाँच पटकको च्याम्पियन मुम्बईको यो सिजनको पहिलो जित हो । जबकि राजस्थानको टोलीले तेस्रो हार बेहोरेको छ । मुम्बईका लागि सूर्यकुमार यादवले फेरि सर्वाधिक रन बनाए र टोलीको जितमा महत्वपूर्ण योगदान दिए ।

राजस्थानले दिएको १५४ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सको सुरुवात फेरि खराब रह्यो । उसले २३ रनको स्कोरमा पहिलो विकेट गुमायो । कप्तान रोहित शर्मा दुई रन बनाएर पेभिलियन फर्किए । इशान किशनले केही सानदार शट खेल्दै १८ बलमा २६ रन बनाए पनि उनले पनि ठूलो इनिङ खेल्न असफल भए । त्यसपछि छैटौं ओभरमा ४१ रनमा ओपनरको विकेट गुमाएपछि मुम्बईको टोली समस्यामा परेको थियो ।

त्यसपछि सूर्यकुमार यादव र तिलक वर्माले इनिङ्सलाई सम्हाले र बलियो साझेदारी गरे । दुबैले तेस्रो विकेटका लागि ८१ रनको साझेदारी गर्दै स्कोरलाई लक्ष्यको नजिक पुर्याएका थिए । यस क्रममा सूर्यकुमारले ३६ बलमा आफ्नो अर्धशतक पूरा गरे । तर १५औं र १६औँ ओभरमा युजभेन्द्र चहल र प्रसिद्ध कृष्णले तीन बलमा सूर्यकुमार र तिलक दुवैलाई पेभिलियन पठाएर मुम्बईलाई समस्यामा पारे ।

तर, टिम डेभिडले अन्तिम ओभरमा बलियो ब्याटिङ गर्दै मुम्बईलाई खेलमा फर्काएका थिए । उनी ९ बलमा २० रनमा अविजित रहे भने अन्तिम ओभरमा कुलदीप सेनको दोस्रो बलमा ड्यानियल साम्सले छक्का प्रहार गरी खेल समाप्त गरे ।

यसअघि मुम्बईले टस जितेर राजस्थान रोयल्सलाई ब्याटिङको निम्तो दिएको थियो । राजस्थानको सुरुवात खास रहेन र उसले २६ रनमा पहिलो विकेट गुमाएको थियो । देवदत्त पडिक्कल १५ रन बनाएर आउट भए । सञ्जु सामसन पनि ठूलो इनिङ खेल्न सकेनन् र १६ रन बनाएर पेभिलियन फर्किए । डेरिल मिचेलले पनि २० बलमा १७ रन बनाएर आउट भए ।

राजस्थानको टोलीको स्कोर एक समय निकै कम थियो तर जोस बटलरले आउट हुनुअघि ऋतिक शौकिनको ओभरमा लगातार चार छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरे । त्यसपछि ६७ रनको स्कोरमा पेभिलियन फर्किए । रविचन्द्रन आश्विनले अन्तिम ओभरमा द्रुत रन बनाउँदै टोलीको स्कोर १५० भन्दा माथि पुर्याए । अश्विन ९ बलमा २१ रन बनाएर आउट भए ।