१८ भाद्र २०८३, बिहीबार
,
Latest
कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य ९ बजे बाढी आयो महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने मृतक र बेपत्ता सशस्त्र प्रहरीका परिवारजनसँग महानिरीक्षक पौडेलको भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले सातै प्रदेशमा खुला सभा गर्ने, सुरक्षा समन्वय उपसमितिमा थपिए सदस्य



अ+ अ-

सत्तारूढ दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सातै प्रदेशमा खुला सभा गर्ने भएको छ । कांग्रेसले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सातै प्रदेशमा खुला सभा गर्ने भएको हो ।

कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयअनुसार सातै प्रदेशमा सभा गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कांग्रेसले यही वैशाख २१ गते प्रदेश नं १ को मोरङ, वैशाख २२ गते मधेस प्रदेशको धनुषा, वैशाख २३ गते बागमती प्रदेशको काठमाडौँ, वैशाख २४ गते गण्डकी प्रदेशको कास्की, वैशाख २५ गते लुम्बिनी प्रदेशको रुपन्देही, वैशाख २६ गते कर्णाली प्रदेशको सुर्खेत र वैशाख २७ गते सुदूरपश्चिम प्रदेशको कैलालीमा खुला सभा गर्न लागेको हो । सबै सभाको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिले गर्ने मुख्यसचिव पौडेलले बताउनुभयो ।

कांग्रेसको निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा २४ सदस्य थपिए

नेपाली कांग्रेसले निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा २४ सदस्य थप गरेको छ । कांग्रेसले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवडाको संयोजकत्वमा रहेको निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा आज २४ सदस्य थप गरेको हो ।

उक्त समितिमा रवीन्द्रलाल श्रेष्ठ काठमाडौँ, वामनप्रसाद न्यौपाने भक्तपुर, मोदराज डोटेल मोरङ, हेम गुरुङ कास्की, गणेश केसी ललितपुर, टेकराज पौडेल बागलुङ, दिनेश अमात्य धनकुटा, रमेश भुजेल झापा, विक्रमसिंह थापा कपिलवस्तु, फरिदा खातुन सुनसरी, खिमानसिंह रायमाझी प्यूठान, प्रकाश महर्जन काठमाडौँ, सन्तोष पाण्डे दोलखा र राजाराम पुडासैनी काठमाडौँ रहनुभएको छ ।

यसैगरी, भोला नेपाल काभ्रेपलाञ्चोक, उद्धव खड्का भक्तपुर, शालिकराम खनाल नुवाकोट, शिव सुनार सिन्धुपाल्चोक, लेखनाथ पोखरेल अर्घाखाँची, सागर परियार बागलुङ, प्रदीप सत्याल काभ्रेपलाञ्चोक, नजवुल खाँन उदयपुर, विजय डालमिया झापा र सुरेश थापामगर स्याङ्जालाई सदस्य थप गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पार्टीका उपसभापति एवम् स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी यसअघि पार्टी केन्द्रीय सदस्य खतिवडाको संयोजकत्वमा निर्वाचन सुरक्षा निकाय समन्वय उपसमिति गठन गर्नुभएको थियो ।