८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा

मतपत्र च्यात्ने, चपाउने र बत्ती निभाउने प्रयास नगर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको चेतावनी

मतपत्र च्यात्ने, चपाउने र बत्ती निभाउने प्रयास नगर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको चेतावनी
अ+ अ-

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतपत्र च्यात्ने र चपाउने प्रयास नगर्न दलहरुलाई चेतावनी दिनु भएको छ ।

राष्ट्रिय तथा जिल्लास्तरीय निर्वाचन पर्यवेक्षकहरुका लागि आज राजधानीमा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, “यो वर्षको मतपत्र अलि कडा खालको छ, च्यात्ने चपाउने कोशिश नगर्नु होला ।”

नेपाल कानुन समाज, आम निर्वाचन पर्यवेक्षण समिति र स्थानीय सरकार सवलीकरणले आयोजना गरेको कार्यक्रममा प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “मतपत्र च्यात्ने र चपाउने मात्र होइन बत्ती निभाउने प्रयास पनि नगर्नु होला । सबै स्वीचमा आयोगको हात पुग्दैन, लोकतन्त्र मान्ने दलहरुले गैर लोकतान्त्रिक चरित्र प्रदर्शन गर्नु हुँदैन ।”

२०७४ सालको स्थानीय चुनावमा भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको र चपाइएकाले यस पटक पनि त्यस्तै हुने अनुमानका आधारमा चौतर्फी आशंका उत्पन्न भइरहेका बेला प्रमुख निर्वाचन आयुक्त थपलियाले उक्त धारणा सार्वजनिक गर्नु भएको हो ।

प्रमुख आयुक्त थपलियाले संविधानले दिएको अधिकार चुन्न र चुनिन पाउने हक हनन् गर्न नहुने भन्दै उम्मेदवारलाई नै डर, धाकधम्की, प्रलोभन दिएका सूचना आयोगलाई प्राप्त भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “चुन्न र चुनिन पाउने अधिकार कुण्ठित गर्न हुँदैन, उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने धम्की किमार्थ स्वीकार्य छैन ।”

प्रमुख आयुक्त थपलियाले आयोगले यस पटक उम्मेदवारीमा लचकता र प्रचार प्रसारमा कडाइ गरेको बताउँदै भन्नुभयो, “प्रचारका लागि प्रयोग हुने रंग, कपडा, कागज सबै बाहिरबाट आउँछ , देशको आर्थिक अवस्थाका बारेमा सबै जानकार नै हुनुहुन्छ । किन यस्त कार्यमा खर्च गर्ने ?”

उहाँले सामाजिक सञ्जालमा असामाजिक कृत्य हुने गरेको भन्दै त्यसलाई पनि आयोगले गम्भीरतापूर्बक हेरेको बताउनु भयो । प्रम्ुख आयुक्त थपलियाले उम्मेदवारी दर्ता गराउँदा दलहरुले बल मिच्याइ गरेकामा दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “एकै दलले प्रमुख र उपप्रमुखमा पुरुष उठाएको पनि देखियो । आयोगले केही ठाउँका दुबै उम्मेदवारको मनोनयन बदर गरेको छ । ”


कार्यक्रममा प्रमुख आयुक्त थपलियाले निर्वाचन पर्यवेक्षकहरुलाई उम्मेदबार, दल, मतदाता सँगै आयोगको पनि पर्यवेक्षण गर्न आग्रह गनुृभयो । उहाँले भन्नुभयो, “निर्वाचन त हुन्छ तर कसैले पनि बैधतामा प्रश्न उठाउने खालको हुनु हुँदैन ।”

कार्यक्रममा पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले निर्वाचन पर्यवेक्षण आवश्यक हो भने राज्यले नै आर्थिक तथा भौतिक सहयोग गर्नुपर्ने सुझाब दिनुभयो । उहाँले भन्नुभयो, “यो विषय नागरिकस्तरको मात्र हो कि सरकार र आयोगको विषय पनि हो ?”

कार्यक्रममा पूर्व प्रधानन्यायाधीश शुसीला कार्कीले नागरिकले निर्वाचनको महत्व बुझ्न नसकेको हो कि भन्दै सचेतना आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनताबाट पनि त्रुटि देखिन्छ, अनेकन हत्कण्डा अपनाएर बत्ती निभाएर मतपत्र च्यातेर जसरी पनि जित्ने प्रवृत्ति रोकिनु पर्छ ।”

कार्यक्रममा नेपाल कानुन समाजका अध्यक्ष तीर्थमान शाक्यले निर्वाचनलाई नागरिकले अपनत्व महशुस गर्ने खालको हुनु पर्ने बताउनु भयो ।

कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले निर्वाचनका बेला नागरिकका क्षेत्रबाट हुने पर्यवेक्षण र यसको प्रभावकारिताका बारेमा जानकारी गराउनु भएको थियो ।