१८ भाद्र २०८३, बिहीबार
,
Latest
कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य ९ बजे बाढी आयो महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने मृतक र बेपत्ता सशस्त्र प्रहरीका परिवारजनसँग महानिरीक्षक पौडेलको भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक स्वतः निष्काशित हुने: कांग्रेस



अ+ अ-

काठमाडौं ।नेपाली कांग्रेसले यही वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे÷गराएको भए तोकिएको समयभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्तिमार्फत त्यस्ता विद्रोही उम्मेदवारलाई निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय (आज वैशाख १६ गते विहान १० बजेदेखि ५ बजेसम्म) उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्न निर्देशानुसार अनुरोध गर्नुभएको छ ।

तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने विज्ञप्तिमा उल्लेख छ ।