२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उम्मेदवारी फिर्ता गराउन सत्ताको प्रयोग:आज अन्तिम दिन,के होला भरतपुर ?



अ+ अ-

काठमाडौ । स्थानीय तह निर्वाचनअन्तर्गत आज उम्मेदबारी फिर्ता लिने अन्तिम दिन हो । प्रायः सबै प्रमुख दलबाट बागी उम्मेदबारी परेको छ । सबैभन्दा धेरै त सत्तारुढ गठबन्धनमै छन् बागी उम्मेदबारी । चर्चा पनि यसैको छ । पालिका प्रमुखमा ७ सय ५३ पद भए पनि गठबन्धन दलबाटै १ हजार ८ सय ७९ जनाको उम्मेदवारी परेको छ । यसरी हेर्दा गठबन्धन दलबाटै लगभग तेब्बरको संख्यामा प्रमुखमै उम्मेदबारी छ ।

सत्तारुढ गठबन्धनले एक पदमा एक मात्र उम्मेदवार उठाउने समझदारी गरेको थियो तर सकेको छैन । सत्तारूढ दलहरूले आधिकारिक रूपमै झन्डै तीन गुणा उम्मेदवार उठाएका छन् । यी उम्मेदबारहरु धेरै तिर छन् । एमालेमा पनि छन् तर थोरै छन् । सबैभन्दा धेरै सत्तारुढ गठबन्धन मै छन् । पहिलेका तुलनामा यसपालि स्थानीय तहमा उठ्न चाहनेको महत्वाकांक्षा बढेकाले पनि यस्तो हुन गएको हो ।

यी उम्मेदबारलाई फिर्ता गराउन सम्बद्ध दल लागि परेका छन् । उम्मेदबारी दिएकै दिनबाट उनीहरु लागि परेका हुन् । तर प्रमुख स्थानमध्ये कतैबाट पनि फिर्ता लिने तयारी देखिन्न ।
उता सबैभन्दा बढी ध्यान चितवनको भरतपुर महानगरपालिकामा पुगेको छ । सत्तारूढ कांग्रेस र माओवादी शीर्ष नेतृत्वको सम्पूर्ण शक्ति भरतपुरमा जुटेको देखिएको छ । सरकारले भरतपुरका लागि सत्ता र शक्तिकै दुरुपयोग गरिरहेको एमालेको आरोप पनि छ । यहाँ निवर्तमान मेयर एवं प्रचण्ड पुत्री रेनु दाहालको उम्मेदबारीका कारण पनि बढी चर्चा यहीँको छ । यहाँ कांग्रेसले बागी दिएको छ । चितवनका कांग्रेस नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । पौडेलको उम्मेदवारी रोक्न कांग्रेस नेतृत्व मात्र नभई सिंगो राज्य शक्ति नै जोडतोडले लागेको देखिएको छ । यसबीचमा गृहमन्त्री उनको घरमै पुगेका थिए भने अरु नेताहरुले फोनबाटै दबाब दिएका छन् ।

बागी उम्मेदवारी फिर्ता गर्ने कसरतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ पनि छन् । उनी केही दिनदेखि चितवनमै छन् । नेपालमा लोकतन्त्र गणतन्त्र स्थापनाका लागि नेपाली कांग्रेस र माओवादी पार्टीको आ–आफ्नै भूमिका र इतिहास पनि छ । तर पनि कुनै एकजना नेता विशेषकी छोरीलाई मेयर बनाउने विषयमा कांग्रेसको सिंगो पार्टी पंक्ति तथा सरकार नै लागेको देखेर चितवनका कांग्रेस नेता तथा कार्यकर्ताहरुले नै लाज मानेका छन् । यहाँसम्म कि निर्वाचनका बेला देशभरको शान्ति सुरक्षामा ध्यान दिनुपर्ने तथा यस बेलामा देशको राज्यसत्ताको दुरुपयोग हुन नदिन आफै चनाखो बस्नुपर्ने गृहमन्त्री नै हेलिकोप्टर चढ्दै भरतपुर पुग्दै गरेका छन् ।

तर शुक्रबार बिहानसम्मको अवस्था सकारात्मक छैन । शुक्रबार बिहानसम्म चितवनका कांग्रेसीजनले जगन्नाथको उम्मेदवारी फिर्ता नगर्न भनेका छन् । उनीहरुले पटक पटक पार्टी माओवादीको पोल्टामा पुग्नुपर्ने अवस्थाका कारण जर्जर भएको र प्रजातन्त्र नै रोएको भन्दै यस पटक आफूहरुले रुख चिह्नमै मत हाल्न पाउनुपर्ने अडानमा छन् । त्यसैले पनि आज चितवनमा के हुन्छ भन्ने विषय अहिलेसम्मै अन्यौलमा छ ।