५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्ण मल्लले गरे प्रदेशसभा सदस्यबाट राजीनामा घोषणा



अ+ अ-

कर्ण मल्लले गरे प्रदेशसभा सदस्यबाट राजीनामा घोषणा

काठमाडौँ । नेपाली कांग्रेसको साधारण सदस्यबाट समेत निष्कासनमा परेका डडेलधुराका पूर्वसभापति कर्णबहादुर मल्लले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

डडेलधुरमा उनले बिहीबार पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट राजीनामा गर्ने घोषणा गरेका हुन् ।

पार्टीले साधारण सदस्यबाट समेत निष्काशन गरेपछि पार्टीबाट प्रदेशसभा सदस्यको हैसियतमा बस्न नमिल्ने भएर राजीनामा घोषणा गरेको उनले बताए । “नैतिकताले नै मलाई नेपाली कांग्रेसबाट प्रदेशसभाको निर्वाचित सदस्यका रुपमा बसिरहन दिँदैन”, उनले भने, “आजदेखि म प्रदेशसभा सदस्य नरहेको घोषणा गर्दछु ।”

यसैबीच मल्लले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गरेको झल्को दिने गरी आफ्ना कारणले पाएको पीडाप्रति क्षमा दिन अनुरोध गरेका छन् ।

उनले आफूलाई दोस्रोपटक राजनीतिक घर र आफ्नो मनबाट निकालेकामा पार्टी सभापति देउवालाई सधन्यवाद आभार व्यक्त गरेका छन् ।

मल्लले फेसबुकमा राखेको स्टाटस यस्तो छ :

परम आदरणीय दाजु साष्टाङ्ग प्रणाम,
मेरा कारण हजुरले पाउनुभएको पीडाका लागि क्षमा दिनुहोला । मलाई दोस्रो पटक राजनीतिक घर र हजुरको मनबाट निकाल्नु भएकोमा सधन्यवाद आभार व्यक्त गर्दछु । म अब पीडाकै बीचबाट तपाईंबाट प्रताडित साथीहरूसँगै न्यायका लागि देवरुपी जनताका बीचमा जाँदैछु ।
जय नेपाल । ॐ साइराम ।।