• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो ★   सहकारी प्रकरणमा छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत ★   राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन ★   बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण ★   आजको आईपीएल: लखनउसँग बदला लिने धुनमा मुम्बई ★   मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो,घरजग्गा कर्जामा राष्ट्र बैंक लचक ★   कांग्रेसले तयारीका लागि समय मागेपछि संसद् बैठक बस्न ढिलाइ ★   प्रतिपक्ष दलको बैठक बानेश्वरमा सुरु ★   ‘पुजार सार्की’मा आर्यन: विगतभन्दा ‘टफ’ भूमिका, लुक्समा आफ्नै पिताको नक्कल ★   संसदभित्रै सांसदले सारी तानेपछि…

काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जनाका सात सङ्कल्प



काठमाडौँ । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहले महानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउन आफ्नो ध्यान केन्द्रीत हुने बताउनुभएको छ । बिहीवार आफ्नो संकल्पपत्र सार्वजनिक गर्दै सिंहले काठमाडौं महानगरपालिकाको प्रमुख भएमा आफ्नो पहिलो ध्यान महानगरपालिकामा सुशासन कायम गर्दै भ्रष्टाचारमुक्त बनाउनु रहेको बताउनुभएको हो ।

महानगरपालिकाभित्रै भ्रष्टाचार भए आफुले अन्य ठाउँमा सुशासन कायम गर्न नसक्ने भन्दै उहाँले महानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले महानगरको सेवा, सुविधालाई चुस्त, दुरुस्त बनाउने पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘म सबैभन्दा पहिला के बाट सुरु गर्न चाहान्छु भने, मेयर भनेको काठमाडौंको एकदमै ठुलो पद हो ।

मेयर हुँदै गर्दाखेरी मैले भन्नैपर्छ, म मेयर भइसकेपछि सबैभन्दा म सुशासनतर्फ मेरो ध्यान केन्द्रीत हुनेछ । जब घर नै सफा छैन भने, घर नै प्रदुषित छ । घरभित्रै फोहोर छ भने कसरी मैले सुशासन दिन सक्छु ? त्यसकारण म मेयर भएपछि सबैभन्दा पहिला मैले महानगरभित्र भ्रष्टाचारमुक्त सेवा र सुविधा तुरुन्त हुने गरेर चुस्त र दुरुस्त पार्नेछु भनेर म सम्पूर्णलाई विश्वस्त दिलाउन चाहान्छु ।’

उम्मेदवार सिंहले आफ्नो सात ‘स’ को संकल्पपत्र सार्वजनिक गर्नुभएको छ । संकल्प पत्र सार्वजनिक गर्दै उहाँले महानगरलाई विधिको शासन, नियम, कानून भित्र रहि चलाउने बताउनुभयो । भ्रष्टाचारमुक्त, चुस्त सेवाप्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा काठमाडौं महानगरलाई स्थापित गर्ने उहाँको प्रतिवद्धता छ । त्यसैगरी सबै वडाहरुमा रोकथाम, परिक्षण, उपचार र पुर्नस्थापनासहितको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको स्थापना र विशेषज्ञ सेवासहितको महानगरीय अस्पतालको सञ्चालन गर्ने उहाँले उल्लेख गर्नुभयो ।

जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न लगायत विशेष समुहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउने उहाँको भनाई छ । सिंहले काठमाडौं महानगरलाई ‘जिरो वेस्ट’ नगरपालिका बनाउने घोषणा गर्नुभयो । पिउन योग्य पानी, स्वास फेर्न योग्य हावाका लागि आवश्यक कानूनी, संस्थागत र संरचनागत व्यवस्था गर्ने उहाँले बताउनुभयो ।

सार्वजनिक खुल्ला स्थान, पार्क, वन, हिटी, इनार, पोखरी, फल्चा आदीको संरक्षण, पुर्नस्थापना तथा विस्तार गरिने उहाँको भनाई छ । त्यस्तै गरी महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति लगायत सम्पूर्णले सुरक्षित अनुभव गर्नसक्ने र हिडडुल गर्न सक्ने शहरको निर्माण गर्ने उहाँको संकल्प छ । विपद थेग्न सक्ने क्षमतायुक्त शहरको निर्माणको लागि काम गर्ने उहाँले बताउनुभयो ।

उहाँले संकल्प पत्र सार्वजनिक गर्दै भन्नुभयो – ‘मेरो सात ‘स’ को संकल्प छ ।

१) सेवा र सुशासन: महानगरलाई विधिको शासन, नियम, कानून भित्र रहि चलाउने संकल्प गर्दछु । भ्रष्टाचारमुक्त, चुस्त सेवाप्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा काठमाडौं महानगरलाई स्थापित गर्नेछु । संघीय सरकार, प्रदेश सरकार, अन्य पालिका, नीजि क्षेत्र, गैरसरकारी संघसंस्था र समुदायसँग साझेदारी गर्दै महानगरको लक्ष्य प्राप्तिका लागि काम गर्नेछु ।

२) स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा: शिक्षा र सिकाईको गुणस्तरमा वृद्धि गर्दै सुलभ र सबैको पहुँचयुक्त बनाउनेछु । महानगरीय स्वास्थ्य प्रणालीको विकास गरी सबै वडाहरुमा रोकथाम, परिक्षण, उपचार र पुर्नस्थापनासहितको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको स्थापना र विशेषज्ञ सेवासहितको महानगरीय अस्पतालको सञ्चालन गर्नेछु । जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न लगायत विशेष समुहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउनेछु ।

३) स्वच्छ, सफा, दिगो पर्यावरण: काठमाडौं महानगरलाई जिरो वेस्ट नगरपालिका बनाउने छु । पिउन योग्य पानी, स्वास फेर्न योग्य हावाका लागि आवश्यक कानूनी, संस्थागत र संरचनागत व्यवस्था गर्नेछु । सार्वजनिक खुल्ला स्थान, पार्क, वन, हिटी, इनार, पोखरी, फल्चा आदीको संरक्षण, पुर्नस्थापना तथा विस्तार गर्नेछु ।

४) सुरक्षित शहर : महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति लगायत सम्पूर्णले सुरक्षित अनुभव गर्नसक्ने र हिडडुल गर्न सक्ने शहरको निर्माण गर्नेछु । विपद थेग्न सक्ने क्षमतायुक्त शहरको निर्माणको लागि काम गर्नेछु ।

५) संस्कृति, सम्पदा र सभ्यता: मौलिक ज्ञान, भाषा, जात्रा, बाजागाजा, चाडपर्व, मेला, ग्रन्थ, पेशालाई समुदायको अपनत्व र संलग्नतामा सम्वद्र्धन तथा संरक्षण गर्दै महानगरको संस्कृतिलाई पर्यटनसँग जोड्ने छु । गुठि प्रणालीको प्रवद्र्धन, संरक्षण गर्दै दिगो विकासको लागि प्रतिवद्ध रहि कार्य गर्नेछु ।

६) सबल र समुन्नत पूर्वाधार: सहज रुपमा हिडडुल गर्ने पुर्वाधारको निर्माण गरी पैदलयात्री केन्द्रीत शहरका रुपमा महानगरलाई विकास गर्नेछु । महानगर क्षेत्रभित्र सबैखालका पूर्वाधारको निर्माणमा मौलिक ज्ञान, प्रविधि र सामग्रीको प्रयोगका लागि प्रेरित गर्नेछु । महानगरको कार्यक्षेत्र भित्र पर्ने सम्पूर्ण पूर्वाधार निर्माण र विस्तारको कार्य गुणस्तरीय रुपमा समयमै सम्पन्न गर्न तथा मर्मत सम्भारका लागि अविलम्ब कार्य गर्न सक्नेगरी संस्थागत क्षमताको विकास गर्नेछु ।

७)सबल युवा, स्वावलम्वी महिला, सिर्जनशील महानगरबासी : युवाका लागि अवसर, महिलाको शशक्तिकरण र सम्पूर्ण महानगरबासीको सिर्जनशीलता अभिवृद्धि गर्नका लागि आवश्यक पहलकदमी गर्नेछु । उद्यमशीलताको विकासका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गर्नेछु । त्यतिमात्र होइन, जुन सुकुम्बासीको हाम्रो समस्या छ, काठमाडौँमा । उहाँहरुको पनि समस्यालाई बुझि म त्यसको निराकरण गर्न पनि म लाग्नेछु ।’

सिंहले महानगरभित्रको संस्कृतिलाई पर्यटन सँग जोड्ने उल्लेख गर्नुभयो । गुठि प्रणालीको संरक्षण र प्रवद्र्धन गर्दै दिगो विकासको लागि प्रतिवद्ध रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले सहज रुपमा हिडडुल गर्ने पुर्वाधारको निर्माण गरी पैदलयात्री केन्द्रीत शहरका बनाउने बताउनुभयो । पूर्वाधार निर्माणमा मौलिक ज्ञान, प्रविधि र सामग्रीको प्रयोगका लागि प्रेरित गर्ने उहाँको भनाई छ ।

महानगरको कार्यक्षेत्र भित्र पर्ने सम्पूर्ण पूर्वाधार निर्माण र विस्तारको कार्य गुणस्तरीय रुपमा समयमै सम्पन्न गर्न तथा मर्मत सम्भारका लागि अविलम्ब कार्य गर्न सक्नेगरी संस्थागत क्षमताको विकास गरिने उहाँले उल्लेख गर्नुभयो । त्यसैगरी युवाका लागि अवसर, महिलाको शशक्तिकरण र महानगरबासीको सिर्जनशीलता अभिवृद्धि गर्नका लागि आवश्यक पहलकदमी गर्ने उहाँको प्रतिवद्धता छ । उद्यमशीलताको विकासका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गर्ने उहाँले बताउनुभयो । उहाँले सुकुम्बासीको समस्या समाधान गर्ने पनि बताउनुभयो ।