८ भाद्र २०८३, सोमबार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विगतको परीक्षणबाट असफल भएको दुईदिने बिदा किन ?



अ+ अ-

हप्तामा दुईदिन बिदाले नत सरकारको इन्धन र अन्य सञ्चालन खर्च घट्छ न कर्मचारीको कार्यसम्पादनमा चमक आई सेवाग्राहीले शीघ्र, गुणस्तरीय र कम लागतमा सेवा पाउछन। यसबाट विकट भौगोलिक क्षेत्र र सडकरयातायात सञ्जालमा नजोडिएका स्थानमा टाढाबाट सेवा लिन आउने सर्वसाधारणको सास्तीमा थप केही खुट्किला थपिनेछन्।

हाम्रो जस्तो विश्वमै सार्वजनिक बिदा धेरै भएको र समय पालनामा लापरबाह मुलुकमा हप्तामा दुईदिन बिदाबाट सरकारी तथा गैरसरकारी क्षेत्रबाट हुने सेवाप्रवाह र यसबाट सेवाग्राहीलाई पर्ने असर, निजीक्षेत्रको चासो, कर्मचारीको कार्यसम्पादन क्षमतामा आउने परिवर्तन, सामाजिक मनोभाव, समयको पालना एवं मुलुकको समग्र अर्थतन्त्रमा गर्ने प्रभावको सुक्ष्म अध्ययन नगरी सरकारको खर्च बचत हुने असंभव आशामा सरकारले यस्तो गलत निर्णय लिनु हुने थिएन।

विकसित र सूचना प्रविधिको भरपुर उपयोग गरी प्राय सबै सेवा अनलाइनबाट प्रवाह गर्ने मुलुकसँग तुलना गरेर हप्तामा दुईदिन बिदा दिने अवस्थामा हामी अझै पुगेका छैनौँ। विगतको परीक्षणबाट असफल भएको दुईदिने बिदा इन्धन बचाउने नाममा बिना कुनै अध्ययन हचुवाको भरमा हठात् लागु गर्नु हुँदैन। निर्णय सच्याउनु उपयुक्त हुन्छ।

सरकारले आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन सावर्जनिक बिदा दिने निर्णय गरेको छ । हाललाई परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार हप्तामा दुई दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यही वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । अब बिहान ९ः३० देखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गरिएको छ ।

सुवेदी नेपाल सरकारका पूर्व सचिव हुनुहुन्छ । उहाँको सामाजिक संञ्जालबाट