४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

गठबन्धनको महत्वाकांक्षा र कांग्रेसको असहयोगको मारमा देउवा

गठबन्धनको महत्वाकांक्षा र कांग्रेसको असहयोगको मारमा देउवा
फाईल फोटो
अ+ अ-

काठमाडाैं । मुलुक स्थानीय निर्वाचनको संघारमा पुगेको छ । यससम्बन्धी सर्वाेच्च अदालतमा रहेको रिटमा पनि हिजो नै सुनुवाई भई निर्वाचनको पक्षमा आदेश आएपछि अब निर्वाचन सर्ने वा सार्ने पूरै आशंका मेटिएको छ । त्यसो त देशैभरि उम्मेदबारी दर्ता नै भैसकेको छ । तर सत्ता गठबन्धनका लागि यो तालमेल केही जटिल देखिएको छ । किनभने देशका कैयौँ तथा कतिपय त मुख्य अर्थात् स्ट्राटेजिक स्थानमा नै बागी उम्मेदबारी दिइएको छ । यसले नेकपा एमालेलाई फाइदा पुग्ने हो कि भन्ने त्रास गठबन्धनमा देखिन्छ ।

उता सत्ता गठबन्धनका बैठकहरु भने दिनप्रतिदिन पेचिलो बन्दै गएका छन् । कांग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टी भित्रैबाट सोचेजति सहयोग नरहेकाले उनलाई दोहोरो भार परेको देखिन्छ । एकातारि गठबन्धनमा रहेका दलहरुलाई मिलाउनुपर्ने र अर्कातर्फ आफ्नो पार्टीका उम्मेदबार छनोट गर्नुपर्ने । अनि अहिले आएर फेरि बागी उम्मेदबारको व्यवस्थापन । यी सबै काममा पार्टी सभापति देउवा नै लाग्नुपरिरहेको छ । हिजो एक पत्रकार सम्मेलन गरेर बागी उम्मेदबारी फिर्ता लिन पार्टी महामन्त्री गगन थापाले गरेको सार्वजनिक आह्वान बाहेक पार्टीका बैठकहरुमा यस विषयमा कांग्रेस एक भएर लागेको देखिँदैन । बरु शेखर कोइराला र उनको समूहका नेताहरु टिकट वितरणमा आर्थिक चलखेल भएको भन्नेसम्मका सार्वजनिक अभिव्यक्ति दिने गरेका छन् ।

गठबन्धन निर्माण गर्ने समयमै कोइराला पक्षका नेताहरुले कांग्रेसले नै सबैतिर जित्ने अवस्था रहेकाले किन माओवादी या नेकपा एसको गठबन्धन लिएर चुनावमा जाने भन्ने सन्देश सार्वजनिक रुपमै कांग्रेसका कार्यकर्ताहरुलाई दिए । सत्ता नै गठबन्धनको संस्कारले निर्माण भएको देखेका उनीहरुले त्यही गठबन्धनका दलहरुलाई बाँडफाँड गर्नुपर्ने विषयलाई मुद्धा बनाएका छन् । यतिखेर कम्युनिष्टहरु फुटेकाले देशैभरिक उम्मेदबार दिँदा पनि कांग्रेसले एक्लै निर्वाचन जित्न सक्ने आँकलन गर्दै उनीहरुले देशैभरि एक्लै चुनावामा जानुपर्ने प्रचार गरे ।

तर देउवाले भने आफ्नो पार्टीको पक्षमा धेरै परिणाम हात पार्नेगरी निर्णय गराउन सफल भएका छन् । जस्तो कि देशभरका ६ ओटा महानगरमा ३ कांग्रेस आफैले लिएर बाँकी तीनमा सत्ता साझेदार दललाई दिएका छन् । त्यस्तै ११ ओटा उपमहानगरपालिकामा पनि ७ ओटा कांग्रेस र बाँकी साझेदार दललाई दिनेगरी सहमति गरिएको छ ।

त्यसैले यसरी सरसरर्ती हेर्दा कांग्रेसले आफूले लिएका स्थानहरु देशभरमा कम्तीमा पनि पचास प्रतिशत छन् । यो परिणाम पार्टीले हात पार्ने हो भने यसलाई नराम्रो मान्नुपर्ने अवस्था देखिँदैन । यथार्थ यो हो कि नेकपा फुटेर तीनतिर भएको अवस्था भए पनि आफैँ अर्थात् एक्लाएक्लै निर्वाचन जित्नसक्ने अवस्थामा माओवादी केन्द्र र नेकपा एस आफै छैनन् भन्दा पनि हुन्छ । एमाले अहिले पनि बलियै छ । त्यसैले उसलाई साइजमा ल्याउन सत्तारुढ दलको मत प्राप्त गरेर निर्वाचनको परिणाम हात पार्न सकिन्छ भन्ने रणनीतिमा सभापति देउवा देखिन्छन् । गठबन्धनलाई उनले कायमै राख्न चाहनुका पछिको कारण यो नै एउटा हो ।

तर यो अवस्थालाई मिलाउनका लागि कांग्रेसभित्रै एक प्रकारको असहयोग भने देखिन्छ । सायद हिजोका कोइराला प्रचार र अडानकै कारणले पनि काम गरेको हुनसक्छ, कैयौँ स्थानमा बागी उम्मेदवारी दिइएको छ । यस्तो बेलामा कांग्रेसले आफ्नो अवस्थालाई स्पष्ट गर्नुपर्दथ्यो र कुन अवस्था र परिस्थितिमा गठबन्धन सरकार बनेको थियो भन्ने विचार गरेर अहिले ती दललाई पनि पर्गेल्नुहुदैन भन्ने कुरा कार्यकर्तालाई बुझाउन सक्नुपर्दथ्यो । तर यसको सट्टा विभिन्न स्थानमा माओवादीलाई कसरी भोट दिने ? भन्ने खालको प्रचार गरिएको छ ।

तर त्यसो नभएर गठबन्धनभित्र सहमति हुन नसकेको अवस्था तथा कतिपय स्थानमा माओवादी र नेकपा एसलाई मत दिनुपर्ने अवस्थालाई कांग्रेसमा सभापति देउवाको विपक्षमा प्रचारमा ल्याइएको देखिएको छ । हिजो कांग्रेस नेतृत्वको सरकारका लागि गठबन्धन आवश्यक भयो र पार्टीकै सहमतिमा गठबन्धन सरकार पनि बन्यो । तर आज गठबन्धन भनेको कांग्रेसले एक्लै लिनका लागि मात्र हो भन्ने मान्यता पनि राख्नुहुदैन भन्ने पक्षमा देउवा छन् ।

कांग्रेस भित्रकै यो असन्तुष्ट पक्षको अवस्था हेरेर नै उता माओवादी र नेकपा एसले पनि महत्वाकांक्षा देखाएका हुन सक्छन् । माधव नेपालको पार्टी कतिपय जिल्लामा त जिल्ला कार्य समिति गठन गर्न नै संख्या नपुगेका अवस्थामा यता महानगर र उपमहानगरमा माओवादीसँगै बराबर भागका लागि बार्गेनिङ गरिरहेको छ । यी दुई पार्टीको महत्वाकांक्षाले पनि कांग्रेसभित्रै सन्तुलन कायम गर्न देउवालाई अप्ठेरो परिरहेको अवस्था छ । यसरी दोहोरो मारमा परेका छन् देउवा । न सत्तारुढ गठबन्धनको र नत आफ्नै पार्टीका बागी उम्मेदवारहरुको महत्वाकांक्षाको व्यवस्थापनमा उनलाई पार्टीको अर्काे पक्षबाट सहयोग प्राप्त भएको देखिएको छ ।

यतिखेर नेकपा नै कायम रहेर चुनावमा गएको भए कांग्रेसको अवस्था के हुन्थ्यो भन्ने कुरा त सबैमा स्पष्ट नै छ । फेरि अहिले पनि त गठबन्धनमा कुरा नमिल्ने हो कि भनेर प्रचण्डले बालकोटसँग भित्रभित्रै हात बढाएका पनि हुँदै हुन् । त्यो छेकबारका लागि पनि देउवाकै प्रयास थियो । यतिखेर कांग्रेसका कार्यकर्ताहरुले देशव्यापी रुपमा नेतृत्वको विरोध गर्नुको सट्टा अहिले सहमतिबाटै हात लागेको कम्तीमा ६० प्रतिशतको प्राप्तिलाई विजयी गराउन तिर लाग्नुपर्ने देउवा पक्षीय कांग्रेसको अडान छ ।

गठबन्धन भनेको एक्लै लिनका लागि नभई गच्छेअनुसारको गिभ एण्ड टेक गर्नका लागि भएको र यस्तो गिभ एण्ड टेकमा कतै कतै हात तलमाथि पनि पर्न सक्छ भनेर स्वीकार गर्नुपर्ने कांग्रेसको भनाई छ । यतिखेर निर्वाचनको मुखमा पार्टी नेतृत्वका विरुद्धमा यस खालको भाइभ सिर्जना गर्दा यसले परिणामलाई असर गर्न सक्ने भएकाले त्यसलाई मत्थर गर्नुपर्ने दौडमा देउवाका सारथिहरु छन् ।

उनीहरुको सामथ्र्यले भोलिसम्ममा आफ्ना पार्टीका बागीहरुलाई फिर्ता गराउन सक्यो भने गठबन्धनको लक्ष पूरा हुने देखिन्छ । अन्यथा देउवालाई गरिने असहयोगले कांग्रेस पार्टीलाई नै आसन्न निर्वाचनमा पछि पार्ने र यदि त्यसो भने भने अब आउने संसदकै निर्वाचनमा पनि पछि पर्नसक्ने आंकलनका बारेमा कांग्रेस पार्टीभित्र बहस भएको सुनिएको छ ।