२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीकोटका सबै ठाउँमा विप्लवका स्वतन्त्र उम्मेदवार



file
अ+ अ-

मान्म । विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले कालीकोटको नौ वटै पालिकामा स्वतन्त्र उम्मेदवारी दिएको छ । विप्लवका केन्द्रीय सदस्यदेखि पूर्व संविधानसभा सदस्यसमेतले स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो ।

जिल्लाको नरहरिनाथ गाउँपालिकामा अध्यक्षमा एटम बिसी र उपाध्यक्षमा कलशा विकले उम्मेदवारी दर्ता गराउनुभएको छ । विसी उक्त पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ भने विक उक्त पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माको भाइबुहारी हुनुहुन्छ ।

रास्कोट नगरपालिकामा धिरान्दा उपाध्याय र उपप्रमुखमा फुलटौरा विकको उम्मेदवारी दर्ता भएको छ । उपाध्याय २०६४ सालको संविधानसभाको सदस्य हुनुहुन्छ। खाँडाचक्र नगरपालिका प्रमुखमा हस्त विक, तिलागुफा नगरपालिका प्रमुखमा रमेश चदारा तथा उपप्रमुखमा धनराज शाहीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

पचालझरना गाउँपालिका अध्यक्षमा मनिलाल ऐडी, उपाध्यक्षमा विनित सिंह तिरुवा, पलाता गाउँपालिकाको अध्यक्षमा पदम विक, महावै गाउँपालिकाको अध्यक्षमा धनबहादुर सिंह, शुभकालिका गाउँपालिकाको अध्यक्षमा मनिश विक र सान्नी त्रिवेणी गाउँपालिमाको अध्यक्षमा रुपसिंह बोहोराको उम्मेदवारी दर्ता भएको छ ।

पार्टीको चुनावलाई उपभोग गरेर जाने नीतिअनुसार नै उम्मेदवारी दिएको जिल्ला सचिवसमेत रहनुभएको ऐडीले बताउनुभयो । कालीकोट प्रवक्ता विश्वकर्माको गृह जिल्ला हो । सो पार्टीमा चुनावमा भाग लिने वा नलिने भन्ने विषयमा विवाद रहँदै आएको थियो ।