५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुरुराज घिमिरेलाई निराश नबन्न शेखर र पूर्णबहादुरको आग्रह



अ+ अ-

काठमाडौं । सक्रिय राजनीतिबाट बिदा लिने सङ्केत गरेका नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेलाई निराश नबन्न आग्रह गरिएको छ ।

नेता तथा कार्यकर्ताले तारन्तार टेलिफोन गरी नेता घिमिरेलाई राजनीतिको मैदान नछाड्न र निराश नहुन आग्रह गरेका हुन् ।

घिमिरेले मङ्गलबार बिहान फेसबुक र ट्विटरमार्फत “सक्रिय राजनीतिबाट बिदा लिउँकी भन्ने लागेको छ। स्थानीय चुनावको लगत्तै निर्णय लिन्छु। स्थानीय तहमा देशभरि उम्मेदवार बन्नुभएका साथीहरूलाई विजयको शुभकामना छ”, भन्नुभएको थियो ।

कांग्रेस नेता डा शेखर कोइरालाले घिमिरेलाई टेलिफोन गरी राजनीतिबाट अलग हुने निर्णय गर्ने बेला नभएको भन्दै निराश नबन्न आग्रह गर्नुभएको छ । उहाँले सल्लाह गरेर मात्र निर्णय लिन सुझाव दिनुभयो ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि घिमिरेलाई टेलिफोन गरी हातश र निराश नबन्न आग्रह गर्नुभएको छ । पार्टीभित्र अन्याय महसुस गरेका घिमिरेलाई अन्यायलाई उपसभापति खड्काले पार्टीभित्रैबाट न्यायमा परिणत गर्नुपर्ने सुझाव दिनुभयो ।