• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   युरो कपको क्वाटरफाइनल खेल्ने सबै टोलीको टुंगो लाग्यो, यी ८ टोलीबीच हुनेछ भिडन्त ★   महामन्त्री ढकालको प्रतिवेदन हुबहु सार्वजनिक गरिने ★   भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो ★   ब्रिटिस कलेज बन्यो नेपालकै पहिलो ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’ प्राप्त गर्ने शैक्षिक संस्था ★   मुकुल ढकालले भनेः मैले बिहे गर्ने कि, कुमारै बस्ने पार्टीले निर्णय गरोस् ★   सहिदको स्मृतिमा उद्यान निर्माण ★   सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित ★   सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले वाचन गरेको महामन्त्री ढकालको प्रतिवेदनमा के छ ? – पूर्णपाठ ★   रास्वपा बैठकमा महामन्त्री ढकालले पेश गरे प्रतिवेदन ★   टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक जारी

गभर्नर अधिकारीको रिटको सुनुवाई हुँदै



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सरकारविरुद्ध दायर गर्नुभएको मुद्दाको आज सुनुवाई हुँदैछ । सरकारले गैर कानूनी रुपमा आफूलाई निलम्बन गरेको दाबी गर्दै अधिकारीले दायर गर्नु भएको रिट न्यायाधीशद्वय सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा परेको छ ।

आज मुद्दाका दुवै पक्षले अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्नेबारेमा आफ्ना धारणा राख्दै छन् । गत साता न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासको गभर्नर अधिकारीलाई गरेको निलम्बन कार्यान्वयन नगर्न र छानबिन समितिलाई काम नथाल्न आदेश दिएको थियो ।

आज अदालतले अन्तरिम आदेशलाई निरतरता दिए गभर्नर अधिकारीले कामलाई निरन्तरता दिनुहुने छ भने अन्तरिम आदेश खारेज भए उहाँ निलम्बनमा पर्नुहुने छ ।