• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   आगलागीमा करोडौँको क्षति ★   एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छ: अध्यक्ष ओली ★   छात्राको शरिरबाट गोलि निकालियो, कस्तो छ अहिले अवस्था ? ★   पर्यटन,आइटी,जलविद्युत, सिमेन्ट उद्योग र कृषि क्षेत्रलाई प्रवद्र्धन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन

नेप्से परिसूचक उच्च अङ्कले घट्यो, ३४.९५ अङ्कले ओरालो लागेर दुई हजार ३८६.०१ बिन्दुमा



काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । आइतबार उच्च अङ्कले उकालो लागेको नेप्से परिसूचक आज सोही रुपमा ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४.९५ अङ्कले ओरालो लागेर दुई हजार ३८६.०१ मा ओर्लेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ६.१९ अङ्कले ओरालो लागेर ४५४.६९ मा ओर्लेको छ । कूल २३९ कम्पनीको ५० लाख ४७ हजार ७६९ कित्ता शेयर रु दुई अर्ब चार करोड २२ लख ५३ हजार १८२ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लाग्दा ११ उपसमूहको शेयर भने ओरालो लागेको छ । होटल तथा पर्यटन ४.०४ र सामूहिक लगानी कोष ०.१३ अङ्कले उकालो लागेको छ । बैंकिङ १६.५, व्यापार ९.०९, विकास बैंक ८६.८७, जलविद्युत् ५१.९१, वित्त २६.६१, निर्जीवन बीमा १५०.०९, उत्पादन ५४.२५, अन्य ४२.४१, लघुवित्त ७६.८६, जीवन बीमा १९९.३१ र लगानी १.५८ अङ्कले ओरालो लागेको छ । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब ९४ अर्ब नौ करोड ५१ लाख ६७ हजार ६२ बराबर पुगेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु आठ करोड ११ लाख ९१ हजार ८२४ बराबरको कारोबार भयो । शिवम् सिमेन्ट रु छ करोड ६२ लाख आठ हजार १६४, हिमालयन डिस्टिलरी रु छ करोड ४३ लाख २४ हजार ३९४, अपी पावर कम्पनी रु पाँच करोड ६८ लाख १५ हजार ८३० र एनआइसि एशिया बैंक रु पाँच करोड ३८ लाख ६७ हजार ६६३ बबराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार जाल्पा सामुदायिक लघुवित्त ९.९९, सिद्धार्थ इक्विटी फण्ड ४, एनआइबिएल प्रगति फण्ड ३.७१, आरबीबी म्युचुअल फण्ड एक ३.७०, सामुदायिक लघुवित्तका लगानीकर्ताले ३.५६ प्रतिशतले कमाए । सेन्ट्रल फाइनान्स ५.३३, रसुवागढी हाइड्रोपावर ४.८०, न्यादी हाइड्रोपावर ४.७२, सामलिङ पावर कम्पनी ४.४६ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ४.३४ प्रतिशतले गुमाए ।