२३ भाद्र २०८३, मंगलवार
,
Latest
नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेन र टर्कीका राष्ट्रपतिबीच फोनवार्ता



अ+ अ-

स्तानबुल । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगान र युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीबीच फोन वार्ता भएको छ । उहाँहहरुका बीचमा हाल युक्रेनमा जारी रहेको रुसी आक्रमणका बारेमा कुराकानी भएको टर्कीको विदेश मन्त्रालयले जनाएको छ ।

उहाँहरुका बीचमा आइतबार अबेरतिर सो फोनवार्ता भएको थियो । खासमा युक्रेन संकटका बारेमा नै उहाँहरुबीच कुराकानी केन्द्रित भएको बताइएको छ । युक्रेनको मारिउपुलमा पछिल्ला केही दिनयता रुसले जारी राखेको आक्रमणका कारण ठूलो क्षति पुगेको छ र यहाँका नागरिकहरुलाई उद्धार गर्नुपर्ने अवस्था रहेको छ ।

यस विषयमा दुई देशका राष्ट्रपतिबीच कुराकानी भएको बताइएको छ । सो मन्त्रालयले दिएको जानकारीअनुसार सोमबार नै टर्कीका राष्ट्रपति एर्दोगानसँग संयुक्त राष्ट्रसंघीय महासचिव गुटर्रेसले पनि भेटवार्ता गर्नुहने कार्यक्रम रहेको छ । गुटर्रेस सोमबार टर्कीको राजधानी अंकारा पुग्दै हुनुहुन्छ । महासचिव गटर्रेसले युक्रेनमा जारी रहेको हिंसात्मक आक्रमणका विषयमा कुराकानी गर्नुहुने बताएको छ ।

युक्रेनमा युद्धविरामका लागि टर्कीले पहल गर्दै आएको छ । टर्कीकै पहलमा यसअघि पनि रुस र युक्रेनका बीचमा पटक पटक वार्ता पनि भएको छ । (रासस/सिन्ह्वा)