१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त राष्ट्रसंघीय महासचिव गुटर्रेस टर्की जाने



महासचिव एन्टोनियो गुटेरेस (फाइल)
अ+ अ-

अंकारा । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेस सोमबार टर्कीको भ्रमणमा जानुहुने भएको छ । संयुक्त राष्ट्रसंघीय महासचिवको कार्यालयले सो कुराको जानकारी गराएको हो । उहाँले युक्रेनमा जारी रहेको रुसको आक्रमणका विषयमा सो भ्रमणका क्रममा कुराकानी गर्नुहुने भएको छ ।

उहाँले रुस र युक्रेनको पनि भ्रमण गर्न लाग्नुभएको छ । त्यस अगाडि उहाँ टर्की जान लाग्नुभएको समाचारमा जनाइएको छ । राष्ट्रसंघीय महासचिव गुटर्रेसले सोमबार नै टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानसँग भेटवार्ता गर्नुहुने बताइएको छ ।

टर्कीको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार उहाँले सोमबार नै टर्कीका राष्ट्रपति एर्दोगानसँग भेट गरी युक्रेनमा जारी रहेको हिंसात्मक आक्रमणका विषयमा कुराकानी गर्नुहुने बताएको छ । युक्रेनमा युद्धविरामका लागि टर्कीले पहल गर्दै आएको छ । टर्कीकै पहलमा यसअघि पनि रुस र युक्रेनका बीचमा पटक पटक वार्ता पनि भएको छ । (रासस-सिन्ह्वा)