३ भाद्र २०८३, बुधबार
,
Latest
एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति नेप्से परिसूचक झिनो अङ्कले घट्यो बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त राष्ट्रसंघीय महासचिव गुटर्रेस टर्की जाने



महासचिव एन्टोनियो गुटेरेस (फाइल)
अ+ अ-

अंकारा । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेस सोमबार टर्कीको भ्रमणमा जानुहुने भएको छ । संयुक्त राष्ट्रसंघीय महासचिवको कार्यालयले सो कुराको जानकारी गराएको हो । उहाँले युक्रेनमा जारी रहेको रुसको आक्रमणका विषयमा सो भ्रमणका क्रममा कुराकानी गर्नुहुने भएको छ ।

उहाँले रुस र युक्रेनको पनि भ्रमण गर्न लाग्नुभएको छ । त्यस अगाडि उहाँ टर्की जान लाग्नुभएको समाचारमा जनाइएको छ । राष्ट्रसंघीय महासचिव गुटर्रेसले सोमबार नै टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानसँग भेटवार्ता गर्नुहुने बताइएको छ ।

टर्कीको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार उहाँले सोमबार नै टर्कीका राष्ट्रपति एर्दोगानसँग भेट गरी युक्रेनमा जारी रहेको हिंसात्मक आक्रमणका विषयमा कुराकानी गर्नुहुने बताएको छ । युक्रेनमा युद्धविरामका लागि टर्कीले पहल गर्दै आएको छ । टर्कीकै पहलमा यसअघि पनि रुस र युक्रेनका बीचमा पटक पटक वार्ता पनि भएको छ । (रासस-सिन्ह्वा)