२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा उच्च अङ्कको बृद्धि



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ । लगातार ओरालो लागेर न्यून बिन्दुमा ओर्लेको बजारमा उच्च अङ्कको बृद्धि भएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९५.५२ अङ्कले उकालो लागेर दुई हजार ४२०.९६ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १७.७४ अङ्कले उकालो लागेर ४६०.८८ मा पुगेको छ ।

नेप्से उच्च अङ्कले उकालो लागे पनि कारोबार रकम भने खासै बृद्धि हुन सकेको छैन । कूल २३० कम्पनीको ६६ लाख ३९ हजार ५०४ कित्ता शेयर रु दुई अर्ब ५३ करोड १२ लाख ७५ हजार ५९३ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्य उकालो लागेको छ । बैंकिङ ४२.१२, व्यापार २२.७९, होटल तथा पर्यटन ८४.९३, विकास बैंक २६२.३७, जलविद्युत् १८९.१७, वित्त १४३.६७, निर्जीवन बीमा ४३४.३७, उत्पादन १५६.४६, अन्य ८८.७६, लघुवित्त १७९.४२, जीवन बीमा ४२३.३७, सामूहिक लगानी कोष ०.३१ र लगानी ४.३३ अङ्कले उकालो लागेको छ ।

आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३४ खर्ब ४३ अर्ब ८१ करोड १७ लाख ९६ हजार ५६६ बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा सानिमा बैंकको संस्थापक शेयरको कारोबार शीर्ष स्थानमा छ । सो बैंकको रु २२ करोड बराबरको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट रु ११ करोड ७६ लाख २२ हजार ७३३, अरुण भ्याली हाइड्रोपावर रु नौ करोड १२ लाख २० हजार १५७, हिमालयन डिस्टिलरी रु आठ करोड ४१ लाख १७ हजार ९३८ र नेपाल लाइफ इन्स्योरेन्स रु सात करोड ३४ लाख २९ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

शेयरमा सर्किट

लामो समयपछि एक दर्जन कम्पनीको शेयर मूल्यमा १० प्रतिशत बराबरको मूल्य बढेपछि सकारात्मक सर्किट लागेको छ ।

नेप्सेमा अनुसार नेशनल हाइड्रोपावर, वेस्ट फाइनान्स, श्री इन्भेस्टमेन्ट कम्पनी, जानकी फाइनान्स, अरुण भ्याली हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, खानीखोला हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, जाल्पा सामुदायिक लघुवित्त, ग्रीन भेञ्चर्सको शेयर मूल्यमा १० प्रतिशतको बृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

त्यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र ९.८९, नेष्डो समृद्धि लघुवित्त २.८५, लक्ष्मी बैंकको ऋणपत्र २ र सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताले ०.५७ प्रतिशतले गुमाएका छन् ।