६ पुष २०८२, आईतवार
,
Latest
तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

तौल घटाउन देखि लिएर टमाटरका अनेकौ फाइदा यस्ता छन्, जान्नुहोस्



अ+ अ-

काठमाडौं । तरकारीलाई स्वादिलो बनाउनका लागि गोलभेडाको प्रयोग हुने गर्दछ । साथै सूपको रुपमा, अचारको रुपमा तथा श्रृंगारको सामानको रुपमा समेत गोलभेडाको प्रयोग हुने गरेको छ ।

टमाटरबाट भिटामिन सी, लाइकोपीन, भिटामिन, पोटाशियम पर्याप्त मात्रामा पाइन्छ । साथै यसको प्रयोगले कोलेस्ट्रोल कम गर्न पनि सहयोग पुग्ने जनाइएको छ ।

मानिसलाई वजन घटाउन पनि गोलभेडा फाइदाजनक छ । तर टमाटरको सवैभन्दा ठूलो फाइदा भनेको पकाउँदा पनि त्यसको पोषक तत्व जादैन ।

टमाटरको प्रयोगले कयौं रोगको रोकथाम पनि गर्न सकिन्छ । विहान पानी नपिइकन पाकेको टमाटर खादा स्वास्थ्यको लागि निकै फाइदा पुग्छ ।

यदी बच्चालाई सुख्खा रोग भएको खण्डमा प्रत्येक दिन एक गिलास टमाटरको जूस पिलाउदा बिरामीबाट आराम मिल्छ ।बच्चाको मानसकि तथा शारीरिक विकासका लागि टमाटर बहुत फाइदाजनक हुन्छ ।

मोटोपन घटाउनका लागि पनि टमाटरको प्रयोग गर्न सकिन्छ । प्रतिदिन एक देखि दुई गिलास टमाटरको जूस पीउनाले वजन घट्छ ।गर्भावस्थामा टमाटरको सेवन गर्न बहुत फइदा हुन्छ ।

यदी पेटमा जुका वा अन्य किरा भएको खण्डमा टमाटरमा मरिच मिसाएर खादा फाइदा हुन्छ । काचो टमाटरमा कालो नून मिलाएर खानाले अनुहारमा चमक आउँछ टमाटरको गुदीलाई अनुहारमा दल्दा पनि निकै फाइदा हुन्छ । (एजेन्सीको सहयोगमा)