२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

समन्वयन उपसमितिमा सदस्य थप



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वयन उपसमितिमा सदस्य थप गरेको छ ।

पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माको संयोजकत्वमा रहेको निर्वाचन आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वयन उपसमितिमा आठ सदस्य थप गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

थप भएका सदस्यमा किरण गिरी काठमाडौँ, आनन्द सन्तोषी राई धनकुटा, डिपी अर्याल धादिङ, डिपी उपाध्याय कैलाली, गणेश केसी काठमाडौँ, श्याम विश्वकर्मा सङ्खुवासभा, दिलीपाश्री अधिकारी स्याङ्जा र मनोज चौधरी सुनसरी रहनुभएको छ ।

यसअघि पार्टीका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले केन्द्रीय सदस्य विश्वकर्माको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।