२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपकार लघुवित्तको आइपिओ बाँडफाँड



अ+ अ-

काठमाडौँ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन९आइपिओ० बाँडफाँड गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज शेयर बाँडफाँड गरिएको हो ।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु दुई करोड ३६ लाख २५ हजार मूल्य बराबरको दुई लाख ३६ हजार २५० कित्ता आइपिओ बिक्री खुला गरेको थियो । बिक्री प्रबन्धकका अनुसार साधारण शेयरमा कूल २३ लाख ५१ हजार ४२६ जनाले आवेदन दिएकामा दुई हजार ४०६ जनाको आवेदन रद्द भई बाँकी २३ लाख ४९ हजार ५६ योग्य आवेदकमध्ये २२ हजार ११५ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जनाएको छ । बाँडफाँडमा बाँकी छ कित्ता शेयर १० कित्ताभन्दा धेरै आवेदन दिनेलाई थप एकएक कित्ताका दरले छ जनालाई बाँडिएकोे छ ।

कम्पनीले निष्काशन गरेको साधारण शेयरमा जारी पूँजीको शुन्ना दशमलव पाँच प्रतिशत अर्थात् तीन हजार २८१ कित्ता शेयर कर्मचारीलाई र निष्काशित शेयरको पाँच प्रतिशत अर्थात् ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी दुई लाख २१ हजार १५६ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले गत चैत २५ गते देखि ३० सम्म आवेदन दिएका थिए । बाँटफाँडको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट९मेरो शेयर०मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।