१९ मंसिर २०८२, शुक्रबार
,
Latest
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन प्रचण्डको अपिल



पुष्पकमल दाहाल प्रचण्ड
अ+ अ-

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनविरुद्धको संयुक्त सङ्घर्षको क्रममा गठित वाम–लोकतान्त्रिक गठबन्धन प्राप्त उपलब्धि, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षाका लागि दृढ रहेको बताउनुभएको छ ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले सबै स्थानीय तह र वडामा तालमेललाई प्रभावकारी बनाउने निर्णय गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभएको छ, “आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार पार्न गठबन्धनमा आवद्ध दलका नेता–कार्यकर्ता र जनसमुदायमा विशेष अपिल गर्दछु ।”

भ्लादिमिर इलिच लेनिनको १५२औँ जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ७३औँ स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै अध्यक्ष दाहालले न्याय, समानता र स्वतन्त्रताको सङ्घर्षमा बलिदान गर्ने सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । रुसी क्रान्तिका नायक लेनिनको जन्मजयन्तीको अवसर पारेर स्थापना गरिएको नेकपाले ७३ वर्षको अन्तरालमा देशभित्र आमूल परिवर्तनको नेतृत्व गरेको स्मरण गर्दैै उहाँले कम्युनिष्ट क्रान्तिकारीको अगुवाइ र लोकतान्त्रिक शक्तिको हिस्सेदारीमा पूँजीवादी जनवादी क्रान्ति आफ्नै विशेषता र मौलिकतासहित सम्पन्न भएको बताउनुभएको छ ।

“देश सामाजिक न्यायमा आधारित समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको पूर्वसन्ध्यामा रहेको छ, यो हामी सबै नेपालीका लागि गौरवको कुरा हो”, अध्यक्ष दाहालको सन्देशमा उल्लेख छ । वामपन्थी, देशभक्त एवं लोकतान्त्रिक शक्तिको साझा सङ्घर्षको परिणाम तत्कालका लागि प्रतिगमन पराजित हुन पुगे पनि खतरा पूर्णतः अन्त्य नभएको उहाँको भनाइ छ ।