१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

युक्रेन-रुस युद्धः परमाणुअस्त्रका जोखिम के हुन् ?

युक्रेन-रुस युद्धः परमाणुअस्त्रका जोखिम के हुन् ?
अ अ+ अ-

एजेन्सी । आइतवार राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई रुसको परमाणुअस्त्र समाविष्ट प्रतिरोधात्मक बललाई 'युद्धका लागि विशेष भूमिकामा सक्रिय राख्न' आदेश दिए। वास्तवमा यस भनाइको अर्थ के हो भन्ने स्पष्ट नभएको पश्चिमी देशका विश्लेषकहरूले बताएका छन्। ब्रिटेनका अधिकारीहरूका अनुसार पुटिनले प्रयोग गरेको भाषा रुसी परमाणुअस्त्रबारे सतर्कतासम्बन्धी उनीहरूको बुझाइसँग पूर्ण रूपमा मिल्दो छैन।

केहीले पुटिनले सतर्कता स्तरलाई निकै तल्लो स्तर मानिने 'निरन्तर' भन्दा माथिल्लो स्तर 'उच्च' मा पुर्‍याउन आदेश दिएको विश्वास गरेका छन् (त्योभन्दा माथि 'सैन्य खतरा' स्तर र त्यसपछि 'पूर्ण' स्तर हुने गर्छ)।

यद्यपि धेरैले यस आदेशलाई प्रमुख रूपमा परमाणुअस्त्रहरू प्रयोग गर्ने वास्तविक उद्देश्यका साटो सार्वजनिक सङ्केतको रूपमा व्याख्या गरेका छन्। पुटिनलाई थाहा छ कि कुनै पनि त्यस्तो कदमपछि पश्चिमको पारमाणविक प्रतिशोध निम्त्याउनेछ।

युकेका रक्षामन्त्री बेन वालेसले यस घोषणालाई मुख्यतया आम मानिसमा प्रभाव पार्न दिइएको बयान भएको बताएका छन्। यसको अर्थ त्यहाँ जोखिम छैन भन्ने होइन र अवस्थालाई नजिकबाट हेरिने सम्भावना छ।

के यो नयाँ चेतावनी थियो ?
गत साता पुटिनले थप साङ्केतिक भाषामा यदि अन्य देशहरूले रुसको योजनामा हस्तक्षेप गरे भने उनीहरूले 'आफूले कहिल्यै नदेखेको' परिणाम भोग्ने चेतावनी दिएका थिए।

त्यसलाई नेटोलाई युक्रेनमा प्रत्यक्ष रूपमा सैन्य संलग्नता हुन नदिने चेतावनीको रूपमा व्यापक विश्लेषण गरिएको थियो।

यद्यपि नेटोले रुससँग प्रत्यक्ष द्वन्द्व सुरु हुने र त्यो पारमाणविक युद्धका रूपमा अघि बढ्न सक्ने सम्भावनाका कारण उक्त सङ्गठनले त्यहाँ सेना नपठाउने प्रस्ट पार्दै आएको छ।

आइतवार दिइएको चेतावनी भने प्रत्यक्ष र सार्वजनिक थियो।

नयाँ चेतावनी किन ?
पुटिनले यस कदमलाई रुसविरुद्ध 'चर्को टिप्पणी'को प्रतिक्रियामा भएको बताए। सोमवार क्रेमलिनले ती टिप्पणी नेटोसँग सम्भावित द्वन्द्व र प्रतिरोधका बारेमा ब्रिटेनकी विदेशमन्त्री लिज ट्रसलगायत पश्चिमी अधिकारीहरूको बयानसँग सम्बन्धित रहेको जनाएको छ।

पश्चिमी अधिकारीहरूले नयाँ चेतावनी पुटिनले युक्रेनका बारेमा गलत अनुमानको गरेकाले आएको हुनसक्ने बताएका छन्। यसले उनलाई नयाँ विकल्पहरू र कडा छलफलहरू गर्नुपर्ने अवस्थामा पुर्‍याएको छ।

'यो उनको क्रोध, तनाव र निराशाको सङ्केत हो,' एक हालसालै अवकाशप्राप्त ब्रिटिश जनरलले भने। संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस-ग्रीनफिल्डले पुटिनको भाषा, रुसले युक्रेनमा पहिलो आक्रमण नगरेको तर आफ्नो प्रतिरक्षाका निम्ति आक्रमण गरेको भन्ने बयानको एउटा अंश भएको बताइन्।

यसरी हेर्दा परमाणुअस्त्र प्रयोगको चेतावनी उनका आफ्नै मानिसहरूका लागि प्रवाह गरिरहेको सन्देश हो। अर्को कोणबाट हेर्दा पुटिन युक्रेनलाई सैन्य सहायता प्रदान गर्ने पश्चिमी योजनाहरूको बारेमा चिन्तित छन् र उनीहरूलाई त्यसो नगर्न चेतावनी दिन चाहन्छन्।

त्यस्तै उनी जारी प्रतिबन्धहरूका कारण चिन्तित छन् जसलाई आफ्नो मन्तव्यमा अशान्ति निम्त्याउन र उनको सरकारलाई पराजित गर्न रचिएको भनी उल्लेख गरेका थिए। तर, उनको समग्र सन्देश नेटो प्रत्यक्ष रूपमा संलग्न भए घटनाहरू चर्कनसक्ने चेतावनी जस्तो देखिन्छ।

जोखिमहरू के हुन् ?
यदि पुटिनको धम्कीलाई हतियार प्रयोग गर्ने चाहनाको सङ्केतको साटो चेतावनीको रूपमा लिइएको भए पनि घटनाहरू अनियन्त्रित बन्ने वा एक पक्षले अर्को पक्षबारे गलत विश्लेषण गर्ने जोखिम सधैँ रहन्छ।

चिन्ताको विषय त के हो भने पुटिन एक्लो र सबैको सम्पर्कबाट टाढा भएका छन्। उनका सीमित सल्लाहकारहरू मात्र उनलाई सत्य बताउन चाहन्छन्।

केहीमा उनको निर्णय अनिश्चित भइरहेको डर छ। कोही भने उनको निर्णयहरू यसैगरी धेरै अघि बढे सेनाभित्रै कतिपयले ती आदेश मान्न इच्छुक नहुन सक्ने आकलन गर्छन्।

अहिले कुनै पनि पारमाणविक द्वन्द्वको जोखिम थोरै बढेको हुनसक्छ, तर ती अझै पनि कम छन्।

पश्चिमको प्रतिक्रिया कस्तो ?
हालसम्म पश्चिमी सरकारहरूले मौखिक वा लिखित बयान वा कार्यलाई नबढाउन सावधानी अपनाएका छन्।

अमेरिकी सेना रक्षा तयारीसहित सतर्क छ जसलाई डेफकन भनिन्छ। सोमवार ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन साकीले त्यहाँको पारमाणविक सतर्कताको स्तर 'परिवर्तन गर्नु पर्ने कुनै कारण' नभएको बताइन्।

युकेसँग समुद्रमा पारमाणविक सशस्त्र पनडुब्बीहरू छन् र उसले पनि सार्वजनिक रूपमा केही भन्न सक्ने सम्भावना छैन। यस देशको उद्देश्य रुसी घोषणालाई धम्कीका रूपमा लिने र त्यसलाई गम्भीरताका साथ लिएर तनाव नबढाउने जस्तो देखिन्छ।

पश्चिमी सुरक्षा अधिकारीहरूले हाल पारमाणविक सङ्कट नभएको र त्यसो हुन नहुने बताए।

रुसले के गरिरहेको छ पश्चिमलाई थाहा छ ?
ब्रिटेनले रुसको पारमाणविक हतियारको वास्तविक अवस्थामा अहिलेसम्म कुनै परिवर्तन नदेखेको त्यहाँका रक्षामन्त्री बेन वालेसले बीबीसीलाई बताए। त्यसलाई गुप्तचर स्रोतहरूले नजिकबाट अवलोकन र पुष्टि गर्नेछ।

शीतयुद्धको समयमा मस्कोको परमाणुअस्त्र हेर्नको लागि पश्चिममा एक विशाल खुफिया सञ्जाल बनाइएको थियो।

‍भूउपग्रहहरू, सञ्चार जासुसी अनि अन्य स्रोतहरूको विश्लेषण गरी व्यवहारमा कुनै पनि परिवर्तनको सङ्केतहरू पत्ता लगाइन्थ्यो- जस्तै हतियारहरू वा बमवर्षकहरूका लागि चालक दलको तयारी अवस्था – किनकी यस्ता कार्यले सतर्क रहन चेतावनी दिन्छ।

तीमध्ये धेरै अहिले यथास्थितिमा छन् र हाल रुसको व्यवहारमा कुनै महत्त्वपूर्ण परिवर्तन हुन गइरहेको छ कि भनेर बुझ्नको लागि पश्चिमले तिनको गतिविधिलाई नजिकबाट हेर्नेछ। हालसम्म कुनै त्यस्तो सङ्केत देखिएको भने छैन। (बीबीसी)