२४ भाद्र २०८३, बुधबार
,
Latest
माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’ हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकका लागि शुक्लाफाँटा खुला



अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिएको छ । पर्यटकीय गतिविधिका लागि निकुञ्ज खुला गरिएको हो । विश्वव्यापी सङ्क्रमणका रूपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरसको भयावह परिस्थितिलाई मध्यनजर गर्दै वैशाखदेखि बन्द गरिएका पर्यटकीय गतिविधि निकुञ्जमा खुला गरिएका हुन् । हात्ती सफारीबाहेकका पर्यटकीय गतिविधिका लागि निकुञ्जमा नियमानुसार अनुमति लिई प्रवेश खुला गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताउनुभयो ।

जङ्गल सफारी, जङ्गल वाक, ¥याफ्टिङ तथा डुङ्गा विहार, क्याम्पिङ र फिसिङलगायतका पर्यटकीय गतिविधि खुला गरिएको उहाँले जानकारी दिनुभयो । “निकुञ्ज प्रवेश गर्नेले तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्णरूपमा पालना गर्नुपर्ने छ”, उहाँले भन्नुभयो, “अनिवार्यरूपमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्नुपर्ने र जङ्गल सफारी तथा जङ्गल वाकमा जाँदा अनिवार्यरूपमा नेचरगाइड साथमा हुनुपर्ने छ ।”

उहाँका अनुसार जङ्गल वाकको हकमा एउटा गाइडले तीन र दुई गाइडले १० पर्यटकलाई गाइड गर्न पाउनेछन् । तोकिएको रुटमा मात्रै जङ्गल ड्राइभ, जङ्गल वाक, क्याम्पिनिङ तथा फिसिङ गर्न पाइने छ । कोरोना महामारीका कारण बन्द रहेको निकुञ्जमा पर्यटकीय गतिविधि खुला गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि हुने अपेक्षा गरिएको छ । निकुञ्ज ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । निकुञ्जको प्रमुख विशेषताका रूपमा ५४ दशमलव पाँच वर्गकिलोमिटरमा फैलिएको घाँसेमैदान र त्यसमा विचरन भइरहने बाह्रसिङ्गेको ठूलो बथान हो ।

सबैभन्दा बढी पर्यटकले बाह्रसिङ्गेको बथान हेर्ने गर्दछन् । बाघको सङ्ख्यालाई र बाघ पाइने क्षेत्रलाई हेर्ने हो भने सानो क्षेत्रमा बाघको घनत्व बढी भएको क्षेत्रका रूपमा सो निकुञ्ज रहेको छ । निकुञ्जमा ३६ प्रकारका स्तनधारी, १२ प्रकारका घस्रने जन्तु, २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा ३५ प्रजातिका पुतली र ४५० प्रजातिका चरा पाइने गर्दछन् ।

हात्ती र गैँडासमेत निकुञ्जमा रहेका छन् । निकुञ्जमा पुग्ने पर्यटकको आकर्षणका रूपमा घाँसेमैदान, रानीताल, सिंहपाल बाबा मन्दिर, शिलालेख क्षेत्र, कृष्णसार संरक्षण गरिएको हिरापुर क्षेत्र, झोलुङ्गे पुल र कालिकिच ताल रहेका छन । 

सीमानाकामा तालिमप्राप्त कुकुरसहित सुरक्षाकर्मी परिचालन गरिने : जिल्ला प्रहरी कार्यालयले दशैँ–तिहारका लागि सीमानाकामा तालिमप्राप्त कुकुरसहित सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । सीमा क्षेत्रमा पहिलोपटक कुकुरसहित सुरक्षाकर्मी परिचालन हुन लागेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले चाडपर्वका बेला अवाञ्छित गतिविधि हुन नदिन सीमानाकामा कुकुरसहित सुरक्षाकर्मी परिचालन गर्ने योजना बनाइएको बताउनुभयो । 

पश्चिमी सीमा नाका गड्डाचौकी र दक्षिण पूर्वी नाका गौरीफन्टामा कुकुरसहित प्रहरी परिचालन गर्न लागिएको हो । जिल्ला प्रहरी कार्यालयसहित मातहतका सबै प्रहरी युनिट दशैँ–तिहार सुरक्षाका लागि सक्रियरूपमा परिचालन गर्ने तयारमा प्रहरी कार्यालय लागेको छ । त्यसका लागि मातहतका सबै प्रहरी युनिटसँग छलफल अघि बढाइएको प्रवक्ता न्यौपानले बताउनुभयो ।

प्रहरीले दशैँ–तिहारमा सीमानाकासहित पूर्व–पश्चिम राजमार्ग, बढी भीडभाड हुने ठाउँ, आपराधिक गतिविधि बढी हुने क्षेत्र, सार्वजनिक यातायातलगायतका क्षेत्रलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मिलाउँदै आएको छ । यस वर्ष पनि प्रहरी शान्ति सुरक्षाका लागि योजनाबद्धरूपमा अघि बढ्न लागेको हो ।