११ बैशाख २०८२, बिहीबार
April 24, 2025 Thursday
Latest
संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा सर्वोच्च अदालतले डिल गरिरहेको छः गगन थापा राष्ट्र निर्माणको भविष्य युवाको काँधमा रहेको छ– महासचिव पोखरेल राष्ट्रियसभालाई निकास दिने थलोका रूपमा विकास गरिनुपर्छ: अध्यक्ष दाहाल समावेशिता र समानताको ग्यारेण्टि लोकतन्त्रमा मात्र सम्भव हुन्छः सभापति पोखरेल नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ–फोटोफिचर नेप्से परिसूचक दुई अङ्कले बढ्यो डिपसिकले सहमतिबिना चिनियाँ कम्पनीलाई डाटा हस्तान्तरण गरेको दक्षिण कोरियाको आरोप स्टन्ट गरेर, अरूलाई गाली गरेर देश बन्दैन, देश बनाउन योजना अनुरूप काम गर्नुपर्छः सुनिता डङ्गोल पाथीभरा केबलकारको समस्या समाधानका लागि सरकारसँग वार्ता गर्न तयार छौँः पहिचानवादीहरु काश्मीर आक्रमणकारीहरूलाई ‘पृथ्वीको कुनाकुना’ सम्म खोज्ने भारतीय प्रधानमन्त्रीको प्रतिज्ञा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा गठबन्धनबाट मेयर पदमा सिर्जना सिंह उम्मेदवार बन्ने



अ+ अ-

काठमाडौँ । सत्ता साझेदार दलहरुका तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसकी सिर्जना सिंह उम्मेदवार बन्ने करिब निश्चि भएको छ ।

सत्ता साझेदार दलबीच मङ्गलबार बसेको बैठकमा कांग्रेस नेताहरुले सिंहलाई काठमाडौंमा मेयरको उम्मेदवार उठाउने बताएका थिए ।

विधानतः महानगर कार्यसमितिले सिफारिस गरेका नामबाट केन्द्रीय संसदीय समितिले उम्मेदवार छनोट गर्ने व्यवस्था रहे पनि महानगर कार्यसमितिले आकांक्षीका नाम केन्द्रलाई सिफारिस नगर्दै सिंहलाई उम्मेदवार बनाउन नेताहरु सहमत भएका हुन् ।

काठमाडौँ कांग्रेसको राजनीतिमा कांग्रेस नेता प्रकाशमान सिंहको पकड रहेकाले उनले इच्छा गरेको व्यक्ति काठमाडौँको मेयरमा उम्मेदवार हुँदै आएका छन् । सिर्जना सिंह प्रकाशमान सिंहकी पत्नी हुन् । त्यसैले सिर्जना काठमाडौँको मेयरमा उम्मेदार हुने करिब निश्चित भएको हो ।

सिंहले २०३६ सालदेखि सक्रिय राजनीति सुरु गरेकी थिइन् । उनी २०३६ सालमा गोरखाको महिला संघको अध्यक्ष बनेकी थिइन् । उनी त्यसपछि महाबौद्ध क्याम्पसमा २०३८ सम्मको अवधिमा नेविसंघको इकाइ सभापति बनेकी थिइन् । त्यसै वर्ष शंकरदेव क्याम्पसको स्ववियु निर्वाचनबाट कोषाध्यक्ष बनिन् ।