२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दसैँ अफर : बैंक अफ काठमाण्डूद्वारा अनलाइन प्रिपेमेन्ट गर्दा २० प्रतिशतसम्म नगद फिर्ता



अ+ अ-

काठमाडौं । बैंक अफ काठमाण्डूले दशैं अफर अन्तर्गत बैंकको डेबिट तथा क्रेडिट कार्डबाहक ग्राहकहरूले स्मार्ट कोडको स्मार्ट दशैं अफरमा २० प्रतिशतसम्म नगद फिर्ता पाउने भएका छन्। नेपालीको महान चाड दशैंलाई लक्षित गरी यही १४ असोजबाट स्मार्ट र्काडले सञ्चालनमा ल्याएको हो ।

स्मार्ट दशैं अफरमा बैंकको कार्डबाहक ग्राहकहरूले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशतसम्म नगद फिर्ता पाउने बैंकले जनाएको छ।

बैंकको कार्डबाहक ग्राहकहरूले यस अफरबाट आफूलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यममार्फत प्रिपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरेमा २० प्रतिशत वा अधिकतम एक हजार पाँच सय रुपैयाँसम्म नगद फिर्ता पाउने छन्।

स्मार्ट दशैं अफरमा बैंकको कार्डबाहकहरूले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २० प्रतिशतसम्म नगद फिर्तासहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरू खरिद गर्न सक्नेछन्।