• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   हाम्रो शरीरले कति गर्मी सहन सक्छ ? ★   ‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्काले भने– वास्तविक जीवनमा नि छिट्टै विवाह हुन्छ ★   कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति ★   चलचित्र ‘फर्की फर्की’को प्रिमियरपछि कलाकार: ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’ ★   कोलकाताका सह–मालिक शाहरुख खान अहमदाबादमा अस्पताल भर्ना ★   किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण ★   सन्दीपको भिसा प्रक्रियाका लागि क्यान तातियो, सांसद शाही पनि दौडधुपमा ★   सदरमुकाममा नै छैन पक्की पुल ★   कबड्डी टोली बंगलादेश प्रस्थान ★   दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा

कलाकार रवीन्द्र खड्काको पनौती नपाको मेयरपदमा उम्मेदवारी घोषणा



काठमाडौँ । नेपाल चलचित्र कलाकार संघका वर्तमान अध्यक्ष रवीन्द्र खड्काले पुनः पनौती नपाको मेयरपदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

काभ्रेको पनौती, सुन्थानमा जन्म लिएर नेपाली कला, साहित्य, रङ्गमञ्च, चलचित्र र सामाजिक क्षेत्रमा विगत चार दशकभन्दा बढी अनवरत निःस्वार्थ भावले सेवा गर्दै आएको उनले एक विज्ञप्ति जारी गर्दै बताएका छन् ।

विज्ञप्तिमार्फत उम्मेदवारी घोषणा गर्दै उनले नेपाली कलाकारहरु मध्येबाट नेपाली राजनीति क्षेत्रमा लाग्ने पहिलो व्यक्तिका रूपमा रहेको इतिहास साक्षी छ, हाम्रो कलाकारिता क्षेत्रमा निकै समस्याहरु देखिएका र ती समस्याहरुलाई प्रत्यक्ष्यरूपमा समाधानका लागि सम्बन्धित निकायमा छलफल र निर्णय गराउन सक्ने हैसियतको पदमा पुग्ने विचारका साथ उम्मेदवारी दिएको बताए ।

“मैले २०५९ र ०६० सालमा पनौती नगर प्रमुख पदमा जम्मा ११ महिना कार्यभार सम्हालेर ‘विकास शान्ति र उन्नति, हाम्रै हो पनौती’ को नारा दिएर, स्वतन्त्ररूपमा नगर प्रमुखमा रहेर सबै पार्टीका नेता, समाजसेवी, नगरबासीहरुलाई समेटी सबैको सल्लाह र सुझाव लिएर पाँच वर्षको अवधिभर गर्ने कार्य भन्दा पनि राम्राराम्रा बिकास गरेको थिएँ”, विज्ञप्तिमा उल्लेख छ ।

आफ्नो तर्फबाट पुनः पनौती नगर प्रमुख बनेर नगर र नगरबासीको हितमा काम गर्ने इच्छा रहेको उनले बताएका छन् ।