२९ मंसिर २०८२, सोमबार
,
Latest
१ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य छः बालेन्द्र साह एमाले महाधिवेशनः ओली र पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा कृषिलाई अर्थतन्त्रको मुख्य धारमा ल्याउनुपर्छः कृषिमन्त्री परियार दर्जन बढी बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाए विद्यमान समस्यालाई निकास दिन आगामी निर्वाचन नै उच्चतम विधिः राष्ट्रपति ओली टीमः पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को–को उम्मेदवार छन् ? (सूचीसहित) निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल एमाले महाधिवेशनः ओली पक्षका पदाधिकारी टुंगिन सकस दिल्लीको वायु खतरनाक स्तरमा कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलाकार रवीन्द्र खड्काको पनौती नपाको मेयरपदमा उम्मेदवारी घोषणा



अ+ अ-

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघका वर्तमान अध्यक्ष रवीन्द्र खड्काले पुनः पनौती नपाको मेयरपदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

काभ्रेको पनौती, सुन्थानमा जन्म लिएर नेपाली कला, साहित्य, रङ्गमञ्च, चलचित्र र सामाजिक क्षेत्रमा विगत चार दशकभन्दा बढी अनवरत निःस्वार्थ भावले सेवा गर्दै आएको उनले एक विज्ञप्ति जारी गर्दै बताएका छन् ।

विज्ञप्तिमार्फत उम्मेदवारी घोषणा गर्दै उनले नेपाली कलाकारहरु मध्येबाट नेपाली राजनीति क्षेत्रमा लाग्ने पहिलो व्यक्तिका रूपमा रहेको इतिहास साक्षी छ, हाम्रो कलाकारिता क्षेत्रमा निकै समस्याहरु देखिएका र ती समस्याहरुलाई प्रत्यक्ष्यरूपमा समाधानका लागि सम्बन्धित निकायमा छलफल र निर्णय गराउन सक्ने हैसियतको पदमा पुग्ने विचारका साथ उम्मेदवारी दिएको बताए ।

“मैले २०५९ र ०६० सालमा पनौती नगर प्रमुख पदमा जम्मा ११ महिना कार्यभार सम्हालेर ‘विकास शान्ति र उन्नति, हाम्रै हो पनौती’ को नारा दिएर, स्वतन्त्ररूपमा नगर प्रमुखमा रहेर सबै पार्टीका नेता, समाजसेवी, नगरबासीहरुलाई समेटी सबैको सल्लाह र सुझाव लिएर पाँच वर्षको अवधिभर गर्ने कार्य भन्दा पनि राम्राराम्रा बिकास गरेको थिएँ”, विज्ञप्तिमा उल्लेख छ ।

आफ्नो तर्फबाट पुनः पनौती नगर प्रमुख बनेर नगर र नगरबासीको हितमा काम गर्ने इच्छा रहेको उनले बताएका छन् ।