३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानकी राजकुमारी माकोले यही महिना बिहे गर्ने घोषणा



अ+ अ-

टोकियो । जापानकी राजकुमारी माकोले यही अक्टोबर महिनामा बिहे गर्नुहुने भएको छ । जापानकै एक सर्वसाधारण युवकसँग प्रेम सम्बन्धमा रहनुभएकी माकोले अहिले मात्रै बिहेको मिति घोषणा गर्नुभएको हो । उहाँले आफ्ना प्रेमीसँग बिहे गर्ने घोषणा भने यसअघि नै गरिसक्नु भएको थियो । मिति भने तय भएको थिएन । 

झण्डै एक वर्ष अगाडि राजकुमारीले सर्वसाधारण युवकसँग बिहे गर्ने घोषणा गरेपछि त्यतिबेला केही विवाद र चर्चा समेत भएको थियो । उहाँले बिहे गर्दा पारिवारिक तथा परम्परागत प्रक्रिया भने नअपनाउनु हुनेभएको छ । राजपरिवारका अन्य सदस्यको भन्दा उहाँको बिहे धेरै फरक हुने भएको छ । 

“राजकुमारी माकोले यही अक्टोबर २६ मा बिहे गर्नुहुने भएको छ,” आधिकारिक शाही स्रोतले भन्यो । स्रोतले माकोको वैवाहिक समारोह, भोजभतेर र अन्य सांस्कृति कथा परम्परागत कुनैपनि गतिविधि नगरिने तय भएको पनि दाबी गरेको छ । 

जापानका सम्राट नारुहितोकी भतिजी माको सन् २०१७ देखि नै एक सर्वसाधारण युवक केइ कोमुरोसँग प्रेम सम्बन्धमा हुनुहुन्थ्यो । सर्वसाधारण युवकसँग बिहे गर्न २९ वर्षीया राजकुमारी माकोलाई राजपरिवारले अनुमति दिए पनि कतिपयले भने आलोचना गरेका छन् । सर्वसाधारणसँग बिहे गरेपछि उहाँले शाही उपाधि र सम्मान गुमाउनु हुने भएको छ । राजकुमारी माकोको यो निर्णयबाट राजपरिवारका अधिकांश सदस्य दुःखी भएको जनाइएको छ । उहाँहरु बिहेपछि अमेरिका बस्ने बताइएको छ । (रासस-एएफपी)