९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ च्याम्पियनसिपः बंगलादेशद्वारा श्रीलंका पराजित



अ+ अ-

काठमाडौं । आजदेखि माल्दिभ्समा सुरु भएको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा बंगलादेशले श्रीलंकालाई पराजित गरेको छ । 

शुक्रबार साँझ भएको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १-० गोलले हराउँदै सुखद सुरुवात गरेको हो । 

बंगलादेशलाई जित दिलाउन एकमात्र निर्णायक गोल खेलको ५६ औं मिनेटमा टोपु बर्मानले गरे । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् । खेलको ५६ औं मिनेटमा डक्सन पुस्लासले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि श्रीलंका १० खेलाडीमा सिमित बनेको थियो । 

यस्तै, आज राति ९ः४५ बजे नेपालले आयोजक राष्ट्र माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।