• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

मुम्बईविरुद्धको जितपछि लखनउलाई झट्का, कप्तान केएल राहुललाई लाखौं रुपैयाँ जरिवाना



एजेन्सी ।आईपीएल २०२२ अन्तर्गत शनिबार (अप्रिल १६)को खेलमा लखनउ सुपर जाइन्ट्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

ब्रेबोर्न स्टेडियममा भएको यो जितपछि पनि लखनउको टोली स्तब्ध बनेको छ । सो टिमका कप्तान केएल राहुललाई स्लो ओभर रेटका कारण जरिवाना गरिएको हो । आईपीएलमा तेस्रो शतक प्रहार गर्ने राहुललाई १२ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

आईपीएलको आचार संहिता अन्तर्गत न्यूनतम ओभर–रेटको अपराधसँग सम्बन्धित लखनउको यो सिजनको पहिलो अपराध हो, त्यसैले राहुललाई १२ लाख रुपैयाँ जरिवाना गरिएको छ । राहुलअघि मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मालाई दुई पटक र दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई एक पटक जरिवाना गरिएको छ ।

ओभर रेट भनेको बलिङ पक्षले एक घण्टामा गरेको ओभरको औसत संख्या हो । आईसीसीको नियमअनुसार एकदिवसीय र टी–२० खेलमा एक घण्टामा १४.१ ओभर र टेस्टमा १४.२ ओभर बलिङ गर्नुपर्छ । एकदिवसीयमा, बलिङ पक्षलाई ५० ओभर बलिङ गर्न कुल ३.५ घण्टा दिइएको छ । त्यसैगरी, टी–२० खेलमा टोलीले एक घण्टा २५ मिनेटमा इनिङ्स पूरा गर्नुपर्ने हुन्छ अर्थात् २० ओभरको कोटा फाल्नुपर्छ ।

खेलको कुरा गर्दा मुम्बईका कप्तान रोहितले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । लखनउ सुपर जायन्ट्सले २० ओभरमा ४ विकेट गुमाएर १९९ रन बनाएको थियो । त्यसका लागि कप्तान केएल राहुलले ६० बलमा अविजित १०३ रन बनाए । आईपीएलमा मुम्बईविरुद्धको यो उनको दोस्रो शतक हो । यसअघि सन् २०१९ मा उनले वानखेडे स्टेडियममा शतक बनाएका थिए ।