• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ आइपुगे वेस्ट इन्डिज ‘ए’ क्रिकेट टोली ★   गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ? ★   पुरातात्विक सम्पदाको संरक्षण र पुन:निर्माणमा चासो ★   काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० घाइते ★   जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक: मन्त्री बस्नेत ★   प्रधानमन्त्री प्रचण्ड र कतारका राजाबीच भेटवार्ता– तस्बिरहरु ★   जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जले ★   झापामा सडक दुर्घटना हुँदा तीन जनाको मृत्यु ★   कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’ ★   एमाले अध्यक्ष ओली आज इलाम जाँदै, चुलाचुलीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने

इथियोपियाले साउदी अरेबियाबाट ७ हजार भन्दा बढी नागरिक फर्कायो



आदिस अबाबा । इथियोपियाले साउदी अरेबियाबाट एक हप्तामा ७ हजार भन्दा बढी नागरिकलाई स्वदेश फिर्ता गरेको छ । इथियोपियाको विदेश मन्त्रालयले सो कुराको जानकारी दिएको थियो । विदेश मन्त्रालयले दिएको जानकारीअनुसार यहाँको विदेश मन्त्रालयले पछिल्लो हप्ता दिनमा ती नागरिकलाई फिर्ता गरेको छ र आफ्ना नागरिकलाई स्वदेश फर्काउने कामलाई निरन्तरता दिनेछ ।

इथियोपियाको विदेश मन्त्रालयका प्रवक्ता डिना मुफ्तीले इथियोपियाले अहिले दिनहुँजसो चार्टर फ्लाइट गरेर आफ्ना नागरिकहरुलाई स्वदेश फर्काइरहेको बताउनुभएको छ । उहाँले अहिले इथियोपियाले साउदी अरेबियाबाट आफ्ना नागरिकलाई स्वदेश फर्काउने कामलाई निरन्तरता दिएको बताउँदै यसलाई आगामी दिनमा थप गति दिने जनाएको हो ।

विदेश मन्त्रालयको जानकारीअनुसार हाल साउदी अरेबियामा मात्र ७ लाख ५० हजार भन्दा बढी इथियोपियाली नागरिक रहेका छन् । ती मध्ये करिब ४ लाख ५० हजार इथियोपियाली अवैध रुपमा साउदी अरेबिया पसेका बताइएको छ ।यसैकारणले इथियोपियाले आफ्ना नागरिकलाई स्वदेश फर्कारहेको बताइएको छ । इथियोपियाले आफ्ना नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया गएको मार्च महिनादेखि सुरु गरेको थियो ।

गत मार्च महिनामा यहाँको सरकारले एक कमिटी गठन गरेर साउदी अरेबियाबाट आफ्ना नागरिकलाई फिर्ता गर्ने कार्यका लागि एक समिति गठन गरेको थियो । सो समितिले थप अनुसन्धान गरेर आफ्ना नागरिकलाई स्वदेश फर्काउने विषयमा प्रक्रिया थालेको हो । त्यसपछि यहाँको राष्ट्रिय विमान सेवाबाट नागरिकलाई ओसार्न थालिएको बताइएको छ ।

पछिल्ला केही महिनायता यहाँका नागरिकलाई स्वदेश फिर्ता गर्ने विषयमा अभियान इथियोपियाले अभियान थालेको हो । विभिन्न देशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता गर्ने अभियान इथियोपियाले थालेको हो । इथियोपियाका नागरिकहरु विभिन्न देशहरुमा रहेका थिए । तीमध्ये धेरै नागरिक साउदी अरेबियाका रहेका बताइएको छ ।

इथियोपियामा पनि द्धन्द्धका कारण संकट गहिरिएको छ । यहाँका विद्रोहीहरुले राष्ट्रसंघीय सहायताकर्मीलाई पनि सहायता वितरणमा रोक लगाएका छन् । यहाँको टिगरे क्षेत्रमा संकट गहिरिएको देखिएको छ । यहाँ केही वर्ष यतादेखि द्धन्द्ध जारी रहेको छ । (रासस/सिन्ह्वा)