१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित

एमालेमा सुदृढ पार्टी निर्माणका लागि प्रस्तावित पाँच आयाम

एमालेमा सुदृढ पार्टी निर्माणका लागि प्रस्तावित पाँच आयाम
अ अ+ अ-

काठमाडौँ। नेकपा (एमाले) को जारी प्रथम विधान महाधिवेशनमा आगामी निर्वाचनमा पार्टीलाई सरकारको नेतृत्व गर्ने स्थानमा पु¥याउन सुदृढ पार्टी निर्माणका लागि पाँच आयाम प्रस्ताव गरिएको छ ।   
   
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले प्रस्तुत गर्नुभएको सङ्ठनात्मक प्रस्तावमा पार्टीमा सही सिद्धान्त, कार्यक्रम र कार्यदिशाको निरुपण तथा त्यससम्बन्धी बुझाइमा एकरुपता आवश्यक रहेकामा जोड दिइएको छ । वैचारिकरुपले सुसङ्गठित आधारभूत वर्गका साथै सबै भौगोलिक क्षेत्र र समुदायमा आधारित शृङ्खलाबद्ध कमिटी प्रणाली, नेतृत्व, कमिटी र कार्यकर्ताका बीचमा गहिरो अन्तरसम्बन्ध कायम तथा परिभाषित कार्य जिम्मेवारीअनुरुप परिचालन, पार्टी नीतिअनुरुप राष्ट्रिय हित र जन सरोकारका विषयमा पार्टी पङ्क्तिको व्यापक परिचान, जीवनशैली र अनुकरणीय व्यवहारका माध्यमबाट जनतासँगको सम्बन्धलाई घनिष्ठ बनाउँदै निर्वाचनका माध्यमबाट तीनै तहका सरकारको नेतृत्व गर्ने ठाउँमा पार्टीलाई पु¥याउन प्रस्ताव गरिएको छ ।

उक्त प्रस्तावमा पार्टी हाल प्रतिपक्षमा रहेको अवस्थामा दबाब तथा जागरणको भूमिकाका माध्यमबाट र सरकारको नेतृत्वमा रहेको अवस्थामा ‘सुखी नेपाली ः समृद्ध नेपाल’को सङ्कल्पअनुरुप समाजवादको आधार तयार गर्ने काममा जनप्रतिनिधि र पार्टी नेतृत्वको सरकारलाई मार्गदर्शन गर्नुपर्ने उल्लेख छ । कम्युनिष्ट पार्टी निर्माण र सञ्चालनका सन्दर्भमा संस्थापक नेता पुष्पलालले सिद्धान्त, सङ्गठन र सङ्घर्षको तीन ‘स’को नीतिमा जोड दिनुहुन्थ्यो भने जननेता मदन भण्डारीले त्यसका अतिरिक्त प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने कुरामा विशेष जोड दिनुभएको थियो ।

महासचिवको प्रतिवेदनमा पार्टी निर्माणका राजनीतिक तथा वैचारिक आधार, पार्टीको सङ्गठनात्मक सिद्धान्त र जनताको बहुदलीय जनवाद, पार्टी निर्माणमा जबज र पार्टी जीवनको लोकतान्त्रिकरण, पार्टी सङ्गठनको वर्तमान अवस्था, पार्टी निर्माणमा देखिएका समस्या र आजको सन्दर्भमा पार्टी निर्माण तथा व्यवस्थापनको कार्ययोजनाका विषयमा विस्तृत व्याख्या गरिएको छ ।

“कम्युनिष्ट पार्टी सञ्चालन गर्ने वैज्ञानिक र विधिसम्मत सङ्गठनात्मक प्रणाली हुन्छ, त्यसलाई निश्चित दर्शन, सिद्धान्त र नीतिले मार्गदर्शन गर्दछ”, महासचिव पोखरेलले भन्नुभएको छ, “विधिसम्मत प्रणालीको अभावमा बनेका सङ्गठन व्यक्ति केन्द्रित समूहजस्तो बन्न पुग्दछन्, निश्चित समयपछि त्यस्ता समुहहरूको अस्तित्व समाप्त भएर जान्छ, कम्युनिष्ट पार्टीको विभाजनमा धेरथोर वैचारिक, सैद्धान्तिक र नीतिगत कारणहरू रहे पनि मूलभूतरुपमा सङ्गठनात्मक अराजकता, वैचारिक विचलन, गुटबन्दीपूर्ण क्रियाकलाप र अवसरवाद नै मुख्य प्रवृत्तिका रुपमा रहने गरेका छन्, पार्टीमा स्थापित सङ्गठनात्मक पद्धतिको पालना र कार्यान्वयनमा भएका कमी–कमजोरीले पनि त्यसमा एकहदसम्म भूमिका खेल्ने गरेको छ ।”

प्रस्तावमा पार्टी सदस्य र कार्यकर्ताका समस्या तथा चुनौतीलाई पनि केलाइएको छ । अध्ययन र प्रशिक्षणको कमी, पार्र्टी सदस्यतामा मापदण्ड पालनाको समस्या, ठूलोे आकारका कमिटीको सञ्चालनको समस्या, वैधानिक व्यवस्थाअनुरुप अधिवेशन आयोजना र व्यवस्थापनको समस्या, सङ्गठनात्मक अराजकता तथा गुटबन्दीको समस्या, गैरभौगोलिक क्षेत्रको कामको संयोजनको समस्या, पार्र्टी काम र कार्यकर्ताको मूल्याङ्कनको समस्या, वर्ग दृष्टिकोणमा भन्दा पहिचानकोे मुद्दामा आकर्षित हुने समस्या, पार्टी काममा दोहोरोपनको समस्या, काठमाडौँ उपत्यकाको पार्टी कामको व्यवस्थापनको समस्या, परिभाषित काम र परिणाममुखी कार्यविभाजनको समस्या, जनसङ्गठनको प्रभावकारी परिचालनको समस्या तथा आदर्श र व्यवहारको बीचमा अन्तरविरोधजस्ता विषयलाई बुँदागतरुपमा उल्लेख गरिएको छ ।

प्रस्तावमा नेपालको राजनीतिको वर्तमान अन्योल र सङ्क्रमणलाई सही दिशामा व्यवस्थापन गरी आर्थिक–सामाजिक विकासका माध्यमबाट समाजवादको आधार तयार गर्ने राजनीतिक कार्यदिशा पूरा गर्ने गरी पार्टीको सङ्गठनात्मक जीवनलाई पुनःव्यवस्थित गर्न आग्रह गरिएको छ । पार्टीको सिद्धान्त, नीति र कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने माध्यम नै पार्टी सङ्गठन भएकाले सोही मान्यताअनुरुप पार्टीको सङ्गठनात्मक नीति तथा प्रस्तावलाई व्यवहारमा प्रभावकारी ढङ्गले कार्यान्वयनमा लैजान आवश्यक रहेको महासचिव पोखरेलको जोड रहेको छ । विधान महाधिवेशनको माध्यमबाट सिङ्गो पार्टी एकताबद्धरुपमा त्यस दिशामा अघि बढ्नु आवश्यक भएको प्रस्तावमा जनाइएको छ ।रासस