• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   फुपुको छोरीको हत्या गरी फरार रहेका अभियुक्त ९ वर्षपछि पक्राउ ★   खेलाडीले प्रेसर अझै राम्रोसँग म्यानेज गर्नसक्थेँ– प्रशिक्षक मोन्टी ★   सन्दीपको मुद्दा आज पनि हेर्न नभ्याइनेमा ★   नेपालमा लगानीका लागि धेरै सम्भावना छन्: मन्त्री चौधरी ★   इलाम अपडेटः कांग्रेसको अग्रता कायमै, कसको मत कति ? ★   प्रिमियर लिगमा आज आर्सनल र टोटेनहमबीच प्रतिस्पर्धा, म्यान्चेस्टर सिटीले नटिङहमसँग खेल्दै ★   युद्धविरामका लागि इजरायली प्रस्ताव अध्ययन गरिँदै: हमास ★   आगामी डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्नेछौँ: प्रधानमन्त्री ★   दर्शकको साथ पाए नेपाली चलचित्रले ★   निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो

डाक्टर प्रिती भुषाल सहितको टोलीको सगरमाथा आरोहणको अभियान शुरु



काठमाडौ । समसामयिक महत्वपूर्ण तीन सन्देशहरू सर्वोच्च शिखर सगरमाथा मार्फत विश्वभर प्रवाह गर्न डाक्टर प्रिती भुषाल सहितको टोली आज त्यसतर्फ लागेको छ । यात्राको पहिलो दिन डाक्टर भुषालको टोली आज लुक्ला पुगेको छ ।

कोभिड—१९ को लडाई विरुद्ध अग्रपङ्तिमा रहने चिकित्सक, फर्मासिष्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, सरसफाइमा खटिने मजदुर, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्ताहरू लगायतको योगदानको उच्च सम्मान गर्न आफूले सगरमाथा आरोहण गर्न लागेको डाक्टर भुषालले बताइन्।

त्यस्तै प्रकृतिमा जलवायु परिवर्तनको असर कम गर्नुको विकल्प नरहेको सन्देश दिनु पनि आफ्नो सगरमाथा आरोहणको दोस्रो लक्ष्य रहेको डाक्टर भुषालले बताएकी छन् । हिमालय क्षेत्रमा बढ्दो प्रदुषण रोकौं भन्ने सन्देश विश्वभर छर्नका लागि एक जिम्मेवारी पर्वतारोहीको रूपमा आफू सगरमाथा आरोहण गर्ने अभियानमा जुटेको डाक्टर भुषालको भनाइ छ ।

हिमालयन सेपर्ड इको टुरिजमको व्यवस्थापनमा हुन लागेको आरोहणमा भुषालसँगै चर्चित पर्वतारोही पेम्बा दोर्जे शेर्पा र लाक्पा नुरु रहेका छन् । अर्घाखाँची स्थायी घर भएकी भुषाल हाल मेडिकल अफिसरको रुपमा ग्रयाण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छिन् । हिमाल आरोहणमा विशेष राख्ने भुषालले ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे शिखरको सफल आरोहण गरिसकेकी छिन् ।