१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

खास्टे ताल किनारमा जीवन र जगतको खोजी

खास्टे ताल किनारमा जीवन र जगतको खोजी
अ अ+ अ-

गण्डकी । पोखरेली साहित्यकारहरूले प्रत्येक महिनाको तेस्रो शनिबार साहित्यिक अभियान ‘अक्षरयात्रा’ सञ्चालन गर्दै आउनुभएको छ । अभियानका क्रममा दुई सय १० औँ श्रृङ्खला लिएर शनिबार साहित्यकारहरू पोखरा महानगरपालिका–२६ स्थित खास्टेताल किनार पुग्नुभयो ।

साहित्यका माध्यमबाट गाउँ पर्यटनलाई जोड्ने उद्देश्यसहित सञ्चालन गरिएको अभियानअन्तर्गतको यस श्रृङ्खलामा कविहरूले खास्टे ताल किनारमा साहित्यीक रचनाका माध्यमबाट जीवन र जगतको यथार्थ खोजी गर्ने प्रयासमा गर्नुभएको थियो ।

खास्टेताल किनारस्थित ज्येष्ठी बाराही मन्दिर परिसरमा अभियानका परिकल्पनाकारमध्येका एक स्वर्गीय प्रकट प¬ङ्गेनी शिवप्रति सम्मान र सम्झना गर्दै सुरूभएको श्रृङ्खलामा २६ जना कवि तथा कवयत्रीले आफ्ना रचनामार्फत जीवन र जगतको खोजी गर्नुभएको थियो । त्यसक्रममा नेपाली लेखक सङ्घ गण्डकीका अध्यक्ष डा ईश्वरमणि अधिकारी, साहित्यकारहरू शिव त्रिपाठी, श्रीराम अधिकारी गोर्जे, प्रेमकुमारी कुँइकेल, ऋषिकेश बराल, निर्मला पौडेल, सावित्री गिरी, बसन्तमोहन भट्टराईलगायत २६ जनाले आफ्ना रचनामार्फत जीवन र जगतका विविध आयाममाथि चर्चा परिचर्चा गर्नुभयो ।

उहाँहरूका रचना सुनिसकेपछि कार्यक्रममा सहभागी पोखरा महानगरपालिका–२६ का वडाध्यक्ष नरेन्द्र थापाले साहित्यिक व्यक्तित्वको उपस्थितिले तालको महिमा र गरिमा अझै बढाएको बताउनुुभयो । उहाँले साहित्य समाजको ऐना भएकाले साहित्यकारको उपस्थितिले खास्टे तालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुुभयो । उहाँले निकट भविष्यमा साहित्यकार तथा साहित्यीक सङ्स्थासँगको सहकार्यमा राष्ट्रियस्तरको गजलसँग सम्बन्धित कार्यक्रम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुुभयो ।

साहित्यकार तीर्थ श्रेष्ठले खास्टेमा लगाइएका कमलका फूलको संरक्षण गर्दै ज्येष्ठी बाराही मन्दिरका माध्यमले धार्मिक पर्यटनलाई बढावा दिन सकिने धारणा राख्नुुभयो । साहित्यकार गणेश पौडेलले स्रष्टाले देशको भाषा, संस्कृति र साहित्यको संरक्षण एवम् विकाशका लागि विभिन्न ठाउँमा गई कार्यक्रम गर्नु प्रशंसनीय भएको धारणा राख्नुुभयो ।

पोखरा महानगरपालिका–२६ तथा खास्टेताल टोल विकाश संस्थाको व्यवस्थापन र गजलसन्ध्या पोखराका अध्यक्ष मन क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्थानीय हरिप्रसाद अधिकारी, बुद्धिराज अधिकारी, ईश्वरराज भण्डारीलगायतले खाष्टे तालका साथै बाराही मन्दिरको महत्वबारे चर्चा गर्नुभएको थियो ।

विसं २०६२ असार १८ देखि गजल सन्ध्या पोखरा र नवनित साहित्यसागरको संयुक्त आयोजनामा सञ्चालन भइरहेको अक्षरयात्रा तत्कालीन समयमा साहित्य लेखनमा क्रियाशील प्रकट पगेनी ‘शिव’, दीपक समिप, कृष्ण उदासी, लक्ष्मण थापालगायतको सक्रियतामा सुरू गरिएको थियो । ‘जीवन र जगतको यथार्थ बोधका लागि अक्षरयात्रा’ भन्ने नाराका साथ हरेक श्रृङ्खलामा साहित्यिक रचनाका माध्यमबाट कवि तथा कवयत्रीहरूले समाजका यथार्थलाई प्रस्तुत गर्नु नै यस अभियानको विशिष्टता हो । रासस