१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगमा आज आर्सनल र टोटेनहमबीच प्रतिस्पर्धा, म्यान्चेस्टर सिटीले नटिङहमसँग खेल्दै



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज ३ खेलहरु हुँदैछन् । पहिलो खेलमा लण्डनका दुई क्लब टोटेनहम र आर्सनलबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै, सोही समयमा बर्नमाउथ र ब्राइटन पनि भिड्दैछन् । आजै राति म्यान्चेस्टर सिटी र नटिङहम फरेस्टबीच पनि प्रतिस्पर्धा हुँदैछ ।

उपाधि होडमा रहेका आर्सनल र म्यान्चेस्टर सिटी दुबैलाई खेल जित्नुपर्ने दबाब छ । आर्सनल ३४ खेलमा ७७ अंकका साथ शीर्षस्थानमा रहेको छ । एक खेल कम खेलेको ७६ अंकका साथ दोस्रो स्थानमा छ ।

शनिबार लिभरपुलले वेस्टहाम युनाइटेडसँग बराबरी खेलेको थियो । जसबाट उसलाई उपाधि होडमा धक्का लागेको छ । ३५ खेल खेलेको लिभरपुल ७५ अंकका साथ तेस्रो स्थानमा छ ।

अब लिभरपुलले ३ खेलमात्र खेल्न बाँकी छ । आर्सनलले आजको खेलपछि बर्नमाउथ, म्यान्चेस्टर युनाइटेड र अन्तिममा एभर्टनसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै, म्यान्चेस्टर सिटीले आजको खेलपछि वल्भ्स, फुलहम, टोटेनहम र अन्तिममा वेस्टहाम युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।

लिभरपुलका अबका बाँकी तिन खेल टोटेनहम, एस्टन भिल्ला र वल्भ्ससँग रहेका छन् । अबका बाँकी खेलमा हार ब्यहोर्ने टोलीलाई लिग जित्न कठिन हुनेछ । तसर्थ जित्नैपर्ने दबाबका साथ यी टोलीहरु उत्रिँदा उपाधि होड थप रोमाञ्चक बनेको छ ।

आजका खेलहरुः
टोटेनहम भर्सेस आर्सनल – साँझ ६ः४५ बजे
बर्नमाउथ भर्सेस ब्राइटन – साँझ ६ः४५ बजे
नटिङहम फरेस्ट भर्सेस म्यान्चेस्टर सिटी – राति ९ः१५ बजे