१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

दर्शकको साथ पाए नेपाली चलचित्रले

दर्शकको साथ पाए नेपाली चलचित्रले
अ अ+ अ-

काठमाडौँ । नयाँ वर्ष विसं २०८१ को सुरूभएदेखि नै दर्शकहरूले नेपाली चलचित्रलाई साथ दिन थालेका छन् । गत वर्ष नेपालमा विदेशी चलचित्रको प्रभाव रहेको र स्वदेशी चलचित्रलाई प्रदर्शकले नै बेवास्ता गरेको आरोप थियो । त्यही आरोप लगाएर केही निर्माताले चलचित्रको प्रदर्शनसमेत स्थगित गरेका थिए । यद्यपि गत वर्षको चैत ९ गतेदेखि सार्वजनिक प्रदर्शन सुरूगरिएको चलचित्र ‘महाजात्रा’ पछि प्रदर्शन गरिएको ‘डिग्री माइला’, ‘बोक्सीको घर’ लाई दर्शकले साथ दिएका छन् ।

‘महाजात्रा’ को यात्रा ५१ औँ दिन उन्मुख छ । लेखक तथा निर्देशक प्रदीप भट्टराईका यसअगाडिका चलचित्रहरूले पनि ५१ औँ दिन पूरा गरेकाले यसपटक पनि त्यो आशा गर्न सकिन्छ । “अहिले दर्शकले नेपाली चलचित्रलाई साथ दिइरहनुभएको छ । यसले हामीलाई उत्साहित बनाएको छ । समग्रमा यो चलचित्रका लागि सुखद सुरूआत हो”, निर्देशक भट्टराईले भन्नुभयो।

चलचित्रमा हरिवंश आचार्य, विपीन कार्की, वर्षा राउत, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, दिव्य देवलगायतले अभिनय गर्नुभएको छ । डिग्री पास बेरोजगारको कथालाई प्रस्तुत गरिएको रामबाबु गुरुङले निर्देशन गर्नुभएको चलचित्र ‘डिग्री माइला’ तेस्रो सातामा प्रदर्शन भइरहेको छ । यो चलचित्रले रु छ करोडभन्दा बढीको ‘ग्रस कलेक्सन’ गरिसकेको निर्माता मणिराम पोखरेलले जानकारी दिनुभयो । युवाको सपना र क्षमतालाई प्रस्तुत गरिएको नाटक ‘डिग्री माइला’कै पात्रबाट प्रभावित भई तयार गरिएको चलचित्रमा दयाहाङ राई शीर्ष भूमिकामा हुनुहुन्छ ।

“यो पात्रले हाम्रो समाजको धेरै पक्षलाई देखाएको छ । शिक्षा, समाज, ग्रामीण अवस्था र बेरोजगार युवाको अवस्थालाई माइला पात्रमार्फत व्यक्त गरिएको छ”, अभिनेता राईले भन्नुभयो,“यो पात्रलाई नाटकबाट चलचित्रमा ल्याउने सपना बल्ल पूरा भएको छ । अब यो कथा धेरैसम्म पुर्‍याउनु छ ।” गत वर्ष चैत ३० गतेदेखि प्रदर्शन गरिएको चलचित्रमा अभिनेता राईसँगै आँचल शर्मा, विजय बराल, बुद्धि तामाङ, माओत्से गुरुङ, प्रकाश घिमिरेलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

यस्तै, गत वैशाख १४ गतेदेखि प्रदर्शन गरिएको चलचित्र ‘बोक्सीको घर’ लाई पनि दर्शकले उस्तै साथ दिएका छन् । शुक्रबार आधुनिक चलचित्र भवन ९मल्टिप्लेक्स० मा प्राप्त अधिकांश ‘शो’हरू भरिभराउ थिए । शनिबार पनि सोही क्रमले निरन्तरता पायो । विभिन्न चलचित्र भवनमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहनुभएकी अभिनेत्री केकी अधिकारी दर्शको उत्साहजनक उपस्थिति देखेर दङ्ग हुनुहुन्छ ।

“सुरुआती समयमै हामीलाई विश्वास गरेर दर्शक हलसम्म आइ्हन्भएको छ । यसले हामीले पनि जिम्मेवारी बढेको महसुस गरेका छौँ । दर्शकले मनोरञ्जनसँगै सन्देश पनि पाउनु भएको छ”,अभिनेत्री अधिकारीले भन्नुभयो । सुलक्षण भारतीको लेखन तथा निर्देशन गर्नुभएको चलचित्रमा थपलिया, सुपला सापकोटा, स्वेच्छा राउत, सुष्मा निरौला, सबिन बाँस्तोलालगायत कलाकारले अभिनय गर्नुभएको छ ।

केही समययता नेपाली चलचित्रमा दर्शकको उपस्थिति उत्साहजनक हुनु सुखद पक्ष रहेको वितरक करण श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो,“विदेशी चलचित्रको उपस्थिति कमहुनु र नेपाली चलचित्रमा सुरुआती व्यापार नै उत्साहजनकहुनुले यो वर्ष राम्रो हुने सङ्केत गरेको छ । दर्शकलाई चलचित्र मन पर्दासम्म अब समय मिल्दा नेपाली चलचित्रमै आउनुहुन्छ भन्ने हाम्रो अनुमान छ ।” नेपाली चलचित्रमा केही समयसम्म यसरी नै दर्शक देखिए यो वर्ष विदेशी चलचित्रलाई विस्थापित गर्दै नयाँ रेकर्ड बन्नसक्ने उहाँको विश्लेषण छ ।