२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित

आयोजना आसपासका जनतालाई बिन्ध्यबासिनी हाइड्रोपावरको शेयर

आयोजना आसपासका जनतालाई बिन्ध्यबासिनी हाइड्रोपावरको शेयर
अ अ+ अ-

काठमाडौँ । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आयोजना आसपासका जनताका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही वैशाख ११ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित रु १० करोड मूल्य बराबरको १० लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्रीका लागि आह्वान गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी (रु एक अर्ब) को १० प्रतिशतले हुने रु १०० अङ्कित दरका १० लाख कित्ता शेयरमध्ये आयोजनाको मुख्य संरचना क्षेत्रमा पर्ने लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका वडा नं ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिका–८ र ९का बासिन्दाका लागि सात लाख कित्ता शेयर सुरक्षित गरेको छ ।

साथै बाँकी तीन लाख कित्ता शेयर क्व्होलासोथार र मादी गाउँपालिकाका अन्य वडाका बासिन्दालाई छुट्याइएको छ । कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रानुसार आयोजना आसपास क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीले यही वैशाख ११ गतेदेखि छिटोमा वैशाख २५ सम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी फागुन ९ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने छन् ।

कम्पनीले हाल क्व्होलासोथार गाउँपालिका तथा मादी गाउँपालिका भएर बहने रुदी खोलामा ‘रुदी ए आठ दशमलव आठ मेगावाट‘ र ‘रुदी बी छ दशमलव छ मेगावाट‘ क्षमताका दुई आयोजना निर्माण गरिरहेको छ । स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । साथै सानिमा बैंकको कास्की जिल्लामा रहेको विरौटा तथा पोखरा शाखा, सिभिल बैंक लमजुङ शाखाको मालिङ्ग शाखा, कामना सेवा विकास बैंकको कास्की तथा बेँसीशहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेँसीशहर शाखा र आयोजनाको कार्यालयस्थलबाट पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरनपी–आइआर बिबी प्लस इस्युअर’ ग्रेडिङ प्रदान गरेको छ ।