• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

गठबन्धनले स्थानीय निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको ओलीको आरोप



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाउनु भएको छ ।

अध्यक्ष ओलीले विप्लव नेतृत्वको नेकपालाई देखाएर सरकारले स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र गरिरहेको तर्क गर्नु भयो । नेकपा एमाले जिल्ला कमिटी ललितपुरले मंगलबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो चुनाव सार्ने षडयन्त्रको मतियार नबन्न पनि विप्लव नेतृत्वको नेकपालाई आग्रह गर्नु भयो । उहाँले चुनाव सारेर स्थानीय तहलाई रिक्त बनाउने २०५९ सालमा आफूले गरेको गल्ती दोहो¥याउने काम नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी दिनु भयो । स्थानीय तहको निर्वाचन सारे देशको हितविरुद्ध हुने उल्लेख गर्दै अध्यक्ष ओलीको त्यो आफ्नो पार्टी र नेपाली जनतालाई सैह्य नहुने बताउनु भयो । अध्यक्ष ओलीले विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई रिहा गर्न र चुनावमा भाग लिने वातावरण तत्काल बनाउन पनि सरकारलाई दवाव दिनु भयो ।

उहाँले भन्नु भयो, ‘यो अपवित्र गठबन्धन, हेर्नुस्त षडयन्त्र, जालझेल, षडयन्त्र गरेर परमादेशी सरकार अहिले पनि चुनाव सार्ने षडयन्त्र गरिरहेका छन । चुनाव सारेर स्थानीय तह रिक्त गरिदिने । लोकतन्त्र रहन्छ ? लोकतन्त्र समाप्त पारिदिने । २०५९ सालमा पनि अहिलेका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाजीले स्थानीय तह पनि रिक्त गराउने भएको थियो पहिले अनि प्रतिगमनमा पु¥याउनु भयो । स्थानीय तह रिक्त गराउने उहाँनै हुनुहुन्थ्यो । शेरबहादुर देउवाजी, म तपाईँलाई भन्न चाहन्छु–त्यही गल्ती नदोहो¥याउनुस । तपाईका काँग्रेसको इतिहासमा एक कोठी कार्यकर्ताले भन्लान–असल सेवकहरु पाइएको हुनाले पाँचौ पटक प्रधानमन्त्री हुुनु भयो । खेलाडी हुनु भो भनेर उहाँ खेलाडी होईन । अन्तैका खेलाडीहरुले उहाँलाई बनाएको हो । उहाँको रेकर्ड उहाँलाई खेलाउँदै लगेर भडकालोमा हाल्ने रेकर्ड छ । उहाँले देशलाई प्रतिगमनमा पुर्याएको रेकर्ड छ । यसपल्ट हामी चाहन्छौं–शेरबहादुर जीको त्यो खराव रेकर्ड नदोहोरियोस ।

उहाँले लोकतन्त्रको निरन्तरताको पक्षमा, लोकतान्त्रिक अभ्यासको पक्षमा उभिनुस । शेरबहादुर जी चुनाव रोक्ने षडयन्त्रमा लागि सक्नु भयो, मलाई थाहा छ । प्रचण्ड माधव नेपालहरु लागि सक्नु भयो । अहिले विप्लवलाई अगाडि सानु भएको छ । विप्लवका राजनीतिक कार्यकर्ता रिहा गर, चुनावमा भाग लिने वातावरण बनाऊ । तर त्यस बहानामा वा कुनै पनि बहानामा आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सार्न मिल्दैन । सार्न पाईदैन । यो देशका हितविरुद्धको षडयन्त्र हुन्छ । यो षडयन्त्र कुनै पनि हालतमा नेपाली जनतालाई मान्य हुन सक्दैन ।’

अध्यक्ष ओलीले माओवादी केन्द्रको भाँडो रित्तिएर बिर्को मात्रै बाँकि रहेको टिप्पणी गर्नु भयो । उहाँले माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई काँग्रेसको पुच्छरको संज्ञा दिनु भयो । पुच्छर भएपनि, सिङ भएपनि यिनीहरु खासमा काँग्रेसनै भएको अध्यक्ष ओलीको आरोप थियो । उहाँले काँग्रेसको जिउँमा हिँडेको झिंगा र मच्छड धपाउने काममा माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एस लागि परेको दोहो¥याउनु भयो । उहाँले भन्नु भयो, ‘प्रचण्डको माओवादी केन्द्र मैले हिजो बझाङमा बोल्दा भनेको थिए–माओवादी अव कुनै पार्टी रहेन । केन्द्र रह्यो केन्द्र । माओवादी पार्टी होईन, माओवादी केन्द्र । केन्द्र भनेको केन्द्र छ, माथि केही छैन । माओवादीको भाँडो रित्तिसक्यो, विक्र्रोमात्रै छ । त्यहीँ बिक्र्रो छ । नेताहरु छन २÷४ जना अरु हिँडीसके । त्यसैलाई उनीहरु भन्छन केन्द्र । माओवादी केन्द्र र माकुने गुट भनेका काँग्रेसको जिउँमा बसेका झिँगा र मछट धपाउने राम्रो झुम्का भएको चौंरीको पुच्छर जस्तो पुच्छर मात्रै हो । काँग्रेसको पुच्छर । जीउमा बसेको मछट र झिँगा हम्काउनका लागि काम त्यति काम लाग्छ । अरु केही उपादेयता छैन । यस्ताहरु एमाले सिध्याउने भनेर हिँडेका ।’

अध्यक्ष ओलीले ४० करोड काण्ड बाहिरिएपछि नेपाल राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारीमाथि सरकारले कारबाही गरेको भन्दै आपत्ति जनाउनु भयो । चालिस करोड काण्डमा मिलेर खाने अर्थमन्त्री जनार्दन शर्माको योजना सफल हुन नसकेपछि गभर्नरमाथि सरकारले कारवाही चलाएको उहाँको निष्कर्ष थियो ।

अध्यक्ष ओलीले सरकार भ्रष्टाचार र कमिशनमा लिप्त भएको पनि पटकपटक दोहो¥याउनु भयो ।