२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा मिश्र र उपमेयरमा ढकाललाई उम्मेदवार बनाउने



अ+ अ-

नेपालगञ्ज। नेकपा एमालेले बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा पशुपति दयाल मिश्रलाई उम्मेदवार बनाउने भएको छ ।

एमाले नेपालगञ्ज नगर कमिटीको आज बसेको बैठकले मेयरमा पशुपति दयाल मिश्र र उपमेयरमा शान्ति ढकालको नाम सर्बसम्मत रुपमा सिफारिस गरेको हो । मिश्र केही दिन अघि मात्र नेकपा एमाले प्रवेश गर्नुभएको हो ।

पछिल्लो समय हृदयेश त्रिपाठीको दलसंग आबद्ध रहनुभएका मिश्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नं‍ २ बाट सूर्य चुनाव चिन्ह लिएर उम्मेदवार बन्नुभएको थियो ।