२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँसुमा म बगेँ भने



अ+ अ-

नरोऊ छु म आँखामा आँसुभित्र बगेँ भने
नहाँस ओठमा ओठ जोडिएको छुट्यो भने ।
म साथ साथमा तिम्रो अङ्गालो भित्र भित्र छु
कस्सिएर बसेको छु छातीमा छाती भित्र छु ।।

सल्बलाएर यी हात तिमीभित्र जताततै
नखोज छु तिमी साथ अन्त हुन्न कहीँ कतै ।
हातमा हात यो साथ भित्र बाहिरमा सबै
तिमी भित्र म भित्रै छु बाहिर हुन्न हुन्न है ।।

डाँडा र लेकमा भेटौँ थुम्का र खोँचमा छुपी
नदेखुन् गाउँमा कोही घर भित्र लुकी लुकी ।
दौडँदै उक्लने पाखा मिठो त्यो स्वरको धुन
दङ्ग आफैँ हुने आफू दुवैको एक गुञ्जन ।

समाऊ हात यो मेरो नछाड काँध कन्धनी
बजाऊ यी चुरी हात हातमा अझ छन्छनी ।
लठारी सर्पझैँ वैँस वैँसालु वय मातियो
कसिई बाहुका पास भई दशर्क मात्तियो ।।

झर्नाझैँ लहराभाव केशभित्रै म छोपिऊँ
ढाकिऊँ पोलिऊँ भित्रै भित्र भित्रै म सिद्धिऊँ ।
आफैँ खोजूँ म आफैँमा तिमीभित्र हराउँदा
नभेटिई म आफैँमा स्वर्गमा लहराउँदा ।।