७ मंसिर २०८१, शुक्रबार
,
Latest
‘निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्नु’ रश्मिका मन्दानाको इन्गेजमेन्टको पुरानो भिडियो भाइरल प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान कम्बोडिया भ्रमणमा जानुअघि सभामुखले भेटे राष्ट्रपतिलाई ‘बलिदान’ अन्तिम छायाङ्कन तालिकामा, रिलिज मितिबारे के भन्छन् निर्देशक सन्तोष सेन ? निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छ: अध्यक्ष ढकाल पर्थ टेस्टको पहिलो दिनः भारतले बनायो १५० रन, अष्ट्रेलिया ८३ रनले पछाडि रूसद्वारा सेनाको बदलामा उत्तर कोरियालाई तेल, एन्टी–एयर मिसाइल र आर्थिक सहयोग प्रदानः अधिकारीहरू रविलक्षित प्रधानमन्त्रीको टिप्पणीः ठगी र भ्रष्टाचार सैह्य हुन्न, कारबाही हुन्छ राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँसुमा म बगेँ भने



अ+ अ-

नरोऊ छु म आँखामा आँसुभित्र बगेँ भने
नहाँस ओठमा ओठ जोडिएको छुट्यो भने ।
म साथ साथमा तिम्रो अङ्गालो भित्र भित्र छु
कस्सिएर बसेको छु छातीमा छाती भित्र छु ।।

सल्बलाएर यी हात तिमीभित्र जताततै
नखोज छु तिमी साथ अन्त हुन्न कहीँ कतै ।
हातमा हात यो साथ भित्र बाहिरमा सबै
तिमी भित्र म भित्रै छु बाहिर हुन्न हुन्न है ।।

डाँडा र लेकमा भेटौँ थुम्का र खोँचमा छुपी
नदेखुन् गाउँमा कोही घर भित्र लुकी लुकी ।
दौडँदै उक्लने पाखा मिठो त्यो स्वरको धुन
दङ्ग आफैँ हुने आफू दुवैको एक गुञ्जन ।

समाऊ हात यो मेरो नछाड काँध कन्धनी
बजाऊ यी चुरी हात हातमा अझ छन्छनी ।
लठारी सर्पझैँ वैँस वैँसालु वय मातियो
कसिई बाहुका पास भई दशर्क मात्तियो ।।

झर्नाझैँ लहराभाव केशभित्रै म छोपिऊँ
ढाकिऊँ पोलिऊँ भित्रै भित्र भित्रै म सिद्धिऊँ ।
आफैँ खोजूँ म आफैँमा तिमीभित्र हराउँदा
नभेटिई म आफैँमा स्वर्गमा लहराउँदा ।।