३१ जेष्ठ २०८३, आईतवार
,
Latest
असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाक्पा शेर्पाले १० औँ पटक सगरमाथाको आरोहण गर्ने



अ+ अ-

काठमाडौं । आरोही लाक्पा शेर्पाले १० औँ पटक सगरमाथाको आरोहण गर्नुहुने भएको छ ।

सोमवार काठमाडौंमा नेपाल पर्वतारोही संघले नेपालको झण्डा हस्तान्तरण गर्दै सगरमाथा आरोहणका लागि विदाई गरेको हो । कार्यक्रममा आरोही लाक्पाले अबको सगरमाथा आरोहणले नेपाली महिलाहरु कुनै पनि कामका लागि पछि हट्दैनन् र जुन कुनै पनि काम गर्न सक्छन् भन्ने प्रेरणा दिने बताउनु भयो । १० औँ पटक हिमाल आरोहण गरेपछि नेपाल र विदेशमा पनि नेपालको मानसम्मान र प्रतिष्ठा पुग्ने विश्वास रहेको बताउनु भयो ।

उहाँले हिमालमा रहेको फोहोरहरु कम गरी स्वच्छ हिमाल बनाउने काममा आरोहीहरुले पनि भुमिका खेल्न आवश्यक रहेको बताउनु भयो । आरोही लाक्पाले आफू अबको सगरमाथा आरोहण कीर्तिमानी आरोही एडमन हिलारीको झैँ गर्न चाहेको बताउनु भयो । लाक्पा १५ जना अमेरिकी आरोहीसहित ३९ जनाको टोली लिएर गाइडको भूमिकामा सगरमाथा जाँदै हुनुहुन्छ ।

संखुवासभाको मकालुकी लाक्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण २००० सालमा गर्नुभएको थियो । त्यसपछि क्रमशः २००१,२००३, २००४, २००५, २००७, २०१६,२०१७ र २०१८ मा सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँले अहिलेसम्म दक्षिण र उत्तर दिशाबाट सगरमाथाको आरोहण गर्नुभएको छ ।

लाक्पाले अहिलेसम्म १ पटक नेपालतर्फको बाटोबाट र ८ पटक चीनतर्फबाट सगरमाथाको आरोहण गर्नुभएको छ । १० औँ पटक सगरमाथा आरोहणका लागि लाक्पा आउँदो अप्रिल १५ मा सगरमाथाको आधारशिविरतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । आरोही लाक्पा सबैभन्दा बढी सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने महिला समेत हुनुहुन्छ ।