४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

विज्ञान र अनुसन्धान गर्ने शैक्षिक संस्था स्थापना गर्नुपर्ने : मुख्यमन्त्री पाण्डे

विज्ञान र अनुसन्धान गर्ने शैक्षिक संस्था स्थापना गर्नुपर्ने : मुख्यमन्त्री पाण्डे
अ+ अ-

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विज्ञान र अनुसन्धानलाई उच्च महत्व राखी शैक्षिक संस्थाको स्थापना गर्ने बताउनुभएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको आठौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलनको उद्घाटन गर्दै उहाँले शैक्षिक संस्था अनुसन्धानमुखी हुनुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री पाण्डेले बागमती प्रदेश सरकारले परिषद्सँग समन्वय गरेर स्वास्थ्य अनुसन्धान गर्ने बताउनुभयो । उहाँले नेपालमा स्वास्थ्य क्षेत्रमा गरिएको अनुसन्धान फजुल खर्च गरेको भन्ने जस्ता लागे पनि उक्त अनुसन्धानले नेपालको स्वास्थ्य नीतिमा सहयोग पुर्‍याइरहेको बताउनुभयो ।

नेपालमा नै दक्ष चिकित्सक र वैज्ञानिक उत्पादन गनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “नेपालमा नै चिकित्सक उत्पादन गर्ने शिक्षा नदिएर विदेश पठाइरहेका छौँ, हामीले नेपालमा नै दक्ष जनशक्ति उत्पादन गर्नुपर्दछ ।”

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानी खापुङले सम्मेलनले सरकारलाई स्वास्थ्यसम्बन्धी महत्वपूर्ण नीति निर्माणमा सुझाव दिन सहयोग गर्ने बताउनुभयो । उहाँले राजनीतिक प्रणाली स्थिर नभए पनि मुलुकको स्वास्थ्य प्रणाली स्थिर हुनुपर्ने बताउनुभयो ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले बागमती प्रदेशमा स्वास्थ्य अनुसन्धान गर्नका लागि प्रादेशिक स्वास्थ्य अनुसन्धान परिषद् गठन गर्ने बताउनुभयो ।

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले स्वास्थ्य र शिक्षाजस्तो संवेदनशील विषयमा राजनीतिकरण गर्नु नहुने बताउनुभयो । उहाँले वडा तहबाट नै सबैलाई गुणस्तरिय स्वास्थ्य शिक्षा उपलब्ध गराउनुपर्ने धारणा राख्नुभयो । उहाँले स्वास्थ्य र शिक्षामा बजेट बढाई निःशुल्क सेवा दिनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा उमाशङ्कर प्रसादले दक्ष चिकित्सकले ग्रामीण क्षेत्रमा पुगी सेवा दिनुपर्ने बताउनुभयो । उहाँले विदेशबाट धेरै नै औषधि आउने गरेकाले नेपालमा नै उद्योग खोल्नका लागि प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । “नेपालमा नै थप औषधि उद्योग खोल्नका लागि नीतिनियममा के व्यवस्था गर्न सकिन्छ, आयोग तयार छ,” उहाँले भन्नुभयो, “नेपालमा नै धेरैभन्दा धेरै औषधि उत्पादन गर्ने उद्योग खोलेर विदेशबाट आउने औषधि रोक्नुपर्दछ ।”

‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवद्र्धन : नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने नाराका साथ सम्मेलन सुरु भएको हो । स्वास्थ्य अनुसन्धानकर्ता, जनस्वास्थ्यविद्, जनसङ्ख्याविद्, नीति निर्माणकर्तालाई एकै ठाउँमा ल्याई नीति निर्माण गर्न तथा दिन प्रतिदिन बढ्दै गएका जनस्वास्थ्यका सवालको अन्तर विषयात्मक अनुसन्धानका निष्कर्ष सम्बोधन गर्ने अभ्यासमा टेवा पु¥याउन सम्मेलन आयोजना गरिएको कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

सम्मेलनका लागि स्वास्थ्य प्रणाली तथा नीति, जनस्वास्थ्य, कोभिड–१९ महामारी, क्लिनिकल अनुसन्धान, एक स्वास्थ्य एवम् विश्वव्यापी स्वास्थ्य, बायोमेडिकल र ट्रान्सलेशन अनुसन्धानलगायत विषयमा अनुसन्धानकर्ताले आफ्नो खोज तथा अनुसन्धानका बारेमा १५३ अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरिनेछन् ।

सम्मेलनमा ३१ राष्ट्रिय विज्ञ र २२ अन्तर्राष्ट्रिय विज्ञलाई आमन्त्रित प्रस्तुतीकरणका लागि आमन्त्रण गरिएको उहाँले बताउनुभयो । प्रस्तुतीकरण मध्येबाट एक एकजनालाई उत्कृष्ट प्रस्तुतीकरण र उत्कृष्ट पोष्टर प्रस्तुतीकरण अवार्ड प्रदान गरिनेछ । यस्तै बायोमेडिकल जनरलमा विगत पाँच वर्षमा सबैभन्दा बढी आर्टिकल प्रकाशित गर्ने एक नेपाली अनुसन्धानकर्तालाई उत्कृष्ट कृति पुरस्कार प्रदान गरिनेछ ।

साथै उत्कृष्ट स्वास्थ्य अनुसन्धान पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार साथै स्वास्थ्य क्षेत्रमा वैज्ञानिक अनुसन्धान वा यसको कार्यान्वयन वा महत्वपूर्ण आविष्कारमा महत्वपूर्ण योगदान पु¥याउनु भएका ६० वर्ष पुगेका नेपाली वैज्ञानिकलाई स्वास्थ्य अनुसन्धान लाइफटाइम अचिभमेन्ड अवार्डद्वारा सम्मानित गरिने छ । परिषद्ले हरेक वर्ष स्वास्थ्य वैज्ञानिक सम्मेलन गर्दै आइरहेको छ । सम्मेलनबाट आएका निष्कर्षलाई सरकारले स्वास्थ्यको नीति निर्माण तहमा सुझाव दिनेछ ।