११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड बाढीपहिरो प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनामा जुट्यो नेपाल टेलिकम, ६० साइट सञ्चालनमा आउन बाँकी भोटेकोशीको बाढीः रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन भोटेकोशी बाढीः कैलालीका ४० जना सम्पर्कविहीन रसुवासहित प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापना, निःशुल्क सुविधा थप तीन दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कन्टेनरभित्र २०० बोरा चिनी बरामद



फाईल फोटो
अ+ अ-

सर्लाही । भारतबाट धान लिएर आएको कन्टेनरलाई सर्लाही भन्सार कार्यालय मलङ्गवामा जाँच गर्ने क्रममा २०० बोरा चिनी बरामद भएको छ ।

भारतको पटनाबाट धान भनेर ल्याइएका दुई कन्टेनरबाट २०० बोरामा राखिएको १० हजार किलो चिनी बरामद भएको भन्सार कार्यालयका प्रमुख मुरारीप्रसाद काफ्ले जानकारी दिनुभयो ।

कन्टेनरको अगाडिको भागमा धान राखेर भित्रपट्टी चिनी राखिएको अवस्थामा फेला परेको उहाँले जानकारी दिनुभयो । कन्टेरबाट बरामद भएको २० क्विन्टल धान र चिनी जफत गरिएको छ भने कन्टेनरलाई नियन्त्रणमा राखेर मुद्दा प्रक्रिया बढाइएको भन्सार प्रमुख काफ्लेले बताउनुभयो ।

कन्टेनरका चालकलाई रु तीन लाख धरौटीमा छाडिएको भन्सार कार्यालयले जनाएको छ । धान सर्लाहीको हरिवनमा लिएर जाँदै गरेको चालकले बयान दिए पनि चिनीका बारेमा केही नबताएको भन्सार कार्यालयले जनाएको छ ।

भारतीय कसटम सोनबर्सा र सीमामा खटिएको भारतीय सुरक्षाकर्मी एसएसबीले जाँच पास गरेको कन्टेनरबाट उक्त परिणाम बराबरको चिनी बरामद गरिएको हो ।