२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप १३ मा सङ्क्रमण पुष्टि



अ+ अ-

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार १५५ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ५६८ पुगेको छ ।

एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ४० हजार १४९ रहेको छ । पछिल्लो समय थप ४४ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुने सङ्ख्या नौ लाख ६५ हजार ९८० पुगेको छ । यो दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ भने पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन । सङ्क्रमणबाट हुने मृत्युदर १।२ प्रतिशत रहेको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ६३७ रहेको छ । अहिले होमआइसोलेशनमा ६१३ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेशनमा २४ आइसीयूमा ११ र भेन्टिलेटरमा एक जनाले उपचार गराइरहेका छन् ।