७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालका पुल र पुल निर्माणबारे जानकारी समेटिएको पुस्तक



अ+ अ-

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव तनुकलाल यादवले लेख्नुभएको ‘पाइल फाउन्डेशन फर ब्रिज’ नामक पुस्तक आज सार्वजनिक भएको छ ।

पुस्तकले नेपालका पुलहरूका लागि पाइल फाउन्डेशनसँग सम्बन्धित विषयहरूको विस्तृत दायरालाई समेटेको छ । पुस्तक सार्वजनिकीकरण समारोहमा भौतिक पूर्वाधार मन्त्रालयलका सचिव रवीन्द्रनाथ श्रेष्ठले नेपालमा तालिमलगायत पूर्वाधार अभावका कारण भौतिक संरचना अपेक्षित बलियो नभएको बताउनुभयो । उहाँले नेपालमा यस्तो पुस्तकको अभाव रहेको भन्दै पुस्तकले मार्ग निर्देशन दिने तथा समस्याको समाधान निकाल्न महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले नेपालमा निर्माण व्यवसायी र इन्जिनियर सबै आफ्नो क्षेत्रमा जिम्मेवार र इमान्दार बन्नुपर्ने उल्लेख गर्नुभयो । पुस्तकका लेखक यादवले पुस्तकमा नेपालमा प्रयोग गरिएका विभिन्न प्रकारका पुल फाउन्डेशनहरूका साथै वर्किङ लोड विधि प्रयोग गरी भू–प्राविधिक पाइल डिजाइन र सीमा राज्य विधि प्रयोग गरी संरचनात्मक डिजाइनको जानकारी समावेश गरिएको जानकारी दिनुभयो । पुस्तक अखण्डता र प्रतिरोध क्षमता निर्धारण विधिहरू ९स्थिर, उच्च तनाव, र कम तनाव गैर–विनाशकारी गतिशील परीक्षण विधिहरू० र सफ्ट–वेयरमा नयाँ विकासहरूको सन्दर्भका साथ अद्यावधिक गरिएको छ ।

पुस्तकमा चरणबद्ध डिजाइन प्रविधि, निर्माण र गुणस्तर सुनिश्चितता, पुल निर्माण ठेक्का विधि र निर्माणको क्रममा आइपर्ने सामान्य समस्याका साथै तिनका कारण र उपायहरू पनि समावेश गरिएका छन् ।

पुस्तकमा अमेरिका, भारत र नेपालका घटना अध्ययन (केस स्टडी) गरी समग्र दृष्टिकोण प्रदान गरिएको लेखक यादवले बताउनुभयो ।

पुस्तकमा नेपालका जब्दीघाट, कमला पुल, थिमुराब्रिज र घट्टेखोला ब्रिजजस्ता पुल असफल भएका घटनाहरू विस्तृत रूपमा वर्णन गरिएको छ । यसबाहेक, सेल्फ–कम्प्याक्टिङ कङ्क्रिटको परिचय, डिजाइन–बिल्ड अनुबन्ध मोडेलको अध्ययन, संस्थागत वातावरणको वृद्धि र एएचपी मोडेल सबैलाई गहिराइमा समेटिएको छ ।

पुस्तक इन्जिनियरिङ विद्यार्थी, सरकारी एजेन्सी, पुल डिजाइनर, अभ्यास गर्ने इन्जिनियर र पुल निर्माणकर्ताहरूका लागि उत्कृष्ट पाठ र सन्दर्भहरु समेटिएको छ । पुस्तकमा दिइएको सुझावअनुसार विकासका संवाहकका रूपमा रहेका पुलजस्ता भौतिक पूर्वाधारको निर्माण मात्र आफैँमा पूर्ण विषय होइन । यस्ता भौतिक संरचनाहरूको टिकाउ र दिगोपनामा पनि निकै ध्यान दिनुपर्ने हुन्छ ।

केही समय यतादेखि देशका विभिन्न भागमा पुल निर्माण हुने क्रम तीव्र छ । साथै यी पुलहरू सम्पन्न नहुँदै वा निर्माणकै क्रममा लच्किने, भाँचिने गरेका खबरले सञ्चारमाध्यममा ठूलो ठाउँ पाएको छ । सरकारी आँकडानुसार यसवर्ष २०७८ सालमा निर्माण सम्पन्न भइसकेका वा निर्माणकै क्रममा रहेका आठ वटा पुलमा क्षति भइसकेको छ ।

यसैगरी नौवटा पुल निर्माणका क्रममा नदीको माथिल्लो भागमा आएको बाढीका कारण क्षति पुगेको छ । यी तथ्याङ्कहरूको विश्लेषणबाट नेपालमा निर्माण भइरहेको पुलको डिजाइन, निर्माण वा कच्चा सामग्रीको प्रयोगमा गरिने भ्रष्टाचार एवं लापरबाही नै पुलमा देखिने समस्याका प्रमुख कारक रहेको मान्न सकिन्छ ।

बारम्बारका यस्ता घटनाले पुलजस्ता भौतिक संरचना निर्माणमा कमसल कच्चा सामग्रीको प्रयोग तथा आधारभूत निर्माण मापदण्डको पालना हुन नसक्नु नै प्रमुख समस्या हुन् । यस्ता कमजोर संरचनाका कारण राष्ट्रिय सम्पत्तिको नोक्सान हुनुका साथै मानिसको ज्यानै जाने खतरा रहन्छ । त्यसैले सडक र पुलजस्ता राष्ट्रिय सम्पत्तिको निर्माणमा गम्भीर ध्यान जानुपर्छ ।

सो अवसरमा सहभागी वक्ताहरुले सरकारी निकायकै गम्भीर कमीकमजोरीका कारण पुलजस्ता भौतिक संरचना निर्माणमा करोडौँको लागतमा ठेक्का लाग्ने भए पनि विभिन्न पक्षको मिलेमतोका कारण संरचना निर्धारित समयमा निर्माण सम्पन्न हुन नसकेको बताउनुभयो ।