१ आश्विन २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर बेपत्ताः ट्रक महासंघ आ.व.२०८२-८३ मा अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी बढे, सङ्घीय सरकारतर्फ भूमि मन्त्रालयका उजुरी धेरै रास्वपाले गर्‍यो शहीद परिवारको प्रदर्शनको विरोध, सांसदलाई धम्की दिने कार्य स्वीकार्य नभएको दाबी सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा पहुँच खोज्न सकिन्छ : सञ्चारमन्त्री डा तिमिल्सिना केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपा पुगे देउवा–खड्का पक्षीय नेता (फाेटाे फिचर) रगतको मौज्दात विवरण तत्काल अद्यावधिक गर्न ३९ रक्तसञ्चार केन्द्रलाई स्वास्थ्य मन्त्रालयको निर्देशन चिलिमेमा फेला परेका पाँच कर्मचारीको शव परिवारजनलाई हस्तान्तरण ‘द ग्रे जोन’को रिपोर्टबारे सरकारले जवाफ देओस्ः एमाले सांसद पोखरेल चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट मेलम्ची खानेपानी आयोजनाका प्रभावित नागिरकसँग गरिएको सम्झौता कार्यान्वयन गर्न नेकपाद्वारा सरकारको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयात गर्ने संस्कार निरुत्साहित गर्न मन्त्री भुसालको आग्रह



अ+ अ-

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशको अर्थतन्त्र प्रवद्र्धन गर्नका लागि आयातित संस्कारलाई प्रवद्र्धन नगर्न आग्रह गर्नुभएको छ । सिँचाइ दिवस तथा ६९औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “स्वदेशमै उत्पादन हुने वस्तु पनि आयात भइरहेका छन्, त्यसो नगरौँ, आयातित संस्कार प्रवद्र्धन नगरौँ, स्वदेशमै उत्पादित खाद्यान्नको प्रयोग गरौँ, हाम्रो व्यवहारमा परिवर्तन गरौँ र हाम्रो अर्थतन्त्र प्रवद्र्धन गरौँ ।”

व्यापार घाटा चुलिँदा अर्थतन्त्रमा नै चुनौती सिर्जना हुने भएकाले स्वदेशी उत्पादन प्रवद्र्धन गर्न र स्थानीय उत्पादनको उपभोगमा विशेष जोड दिनुपर्ने आवश्यकता औल्याउँदै मन्त्री भुसालले भन्नुभयो, “सिँचाइ विभागको तथ्याङ्कमा सन् २०१९÷२०२० मा नेपालको कृषि व्यापार घाटा लगभग रु दुई खर्ब ५० अर्ब रहेकामा र सन् २०२१÷२२ मा ३० प्रतिशतले वृद्धि भएर रु तीन खर्ब २५ अर्ब पुगेको छ, यो अत्यन्त चुनौतिको विषय भएको छ । अब थप व्यापार घाटा बढ्न नदिन पनि हामीले आयातलाई निरुत्साहित गर्नुपर्छ र स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नुपर्छ ।”

हालै सम्पन्न जनगणनाको प्रारम्भिक तथ्याङ्कले बसोबासको अवस्थामा फेरबदल ल्याएको उल्लेख गर्दै मन्त्री भुसालले देशको हिमाल र पहाडका कृषियोग्य जमिन बाँझो रहने र तराईको उर्वराभूमि खण्डीकरण भएर बसोबासमा परिणत हुने देखिएको बताउनुभयो । उहाँले बसाइँसराइको चुनौतीलाई सम्बोधन गर्नेगरी नीति विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । देशको मुख्य आर्थिक आधार भनेको कृषि, जलविद्युत् र पर्यटन क्षेत्र भएकाले यी क्षेत्रको प्रवद्र्धनका लागि एकीकृत नीति तय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले आगामी दिनमा सबै स्थानको कृषियोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई र जल तथा ऊर्जा आयोगका सचिव दिनेश घिमिरेले देशको सिँचाइ क्षेत्रसँग सम्बन्धित नीति तथा कार्यक्रमको कार्यान्वयनमा विभागले सक्रियतापूर्वक लगेको बताउनुभयो । उहाँहरूले देशको कृषि आयातलाई निरुत्साहित गर्नका लागि पनि साधनस्रोत तथा नीतिगतरूपमा विभागलाई सबल बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । विभागका पूर्वमहानिर्देशक तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा सिँचाइ विभागमा महानिर्देशक सुशीलचन्द्र आचार्यले सिँचाइ विभागले अगाडि बढाएका कार्यक्रम कार्यान्वयन सबैको सहयोग आवश्यकपर्ने बताउनुभयो ।




भर्खरै