५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

21.27°C

काठमाडौं

21.27°C

Kathmandu

Feels-like: 21.49

Wind: 6.17

Humidity: 78

Latest
गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती ‘बजेट कार्यान्वयन कमजोर हुँदा अर्थतन्त्रमा गम्भीर असर’ देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री फेसबुकसहितका समाजिक सञ्जालमा प्रतिवन्ध लाग्न सक्छः सञ्चारमन्त्री गुरुङ यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणमा परी ५८ जनाको मृत्यु न्युयोर्कमा मिथिला ‘हेरिटेज कार्यशाला’ विश्व सम्पदा दिवसः नासिए मौलिक सम्पदा कानूनहरु चाँडै पारित गर्ने गरी काम भइरहेको छः मन्त्री चौरसिया मानवअधिकार, मौलिक हक र कानून कार्यान्वयनमा सांसदहरुको चासो कर्मचारीको ‘कुलिङ पिरियड’ राख्ने प्रश्ताव मन्त्रालयले गरेको होइनः सचिव पन्थ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘माधव नेपाल २२/२३ सिट ल्याउने हुत्ति भएको मानिस हो ? उनले अब ३ सिट ल्याएर देखाउन्’



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई आगामी संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन चुनौति दिनु भएको छ ।

अध्यक्ष ओलीले पार्टी एकीकरणको बेला आफूले ५४ सिट दिएको प्रचण्ड र २३ सिट दिएको माधव नेपालले त्यसको दूरुपयोग गरेर पार्टी फुटाउने काम गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो । शुक्रबार काठमाडौंमा आयोजित पार्टी निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको चौंथो राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले २३ सिट पाउने हुत्ति नभएको भन्दै माधव नेपालले आगामी संसदीय निर्वाचनमा ३ सिट ल्याएर देखाउन चुनौति दिनु भयो । जनादेशको दूरुपयोग गर्नेहरुलाई देखाउने गरी चुनावको तयारी गर्न पनि पार्टी निकट स्वास्थ्यकर्मीहरुलाई अध्यक्ष ओलीले निर्देशन दिनु भयो ।

उहाँले भन्नु भयो, ‘५४ सिट दिइयो प्रचण्डलाई । तर भस्मासुर शैलीमा त्यसलाई दुरुपयोग गरे । ४ वटा सिट आउँदैन भनेर हामीसँग प्रचण्ड मिलेको होईन । माधव नेपाल २२÷२३ सिट ल्याउने हुत्ति भएको मानिस हो ? उनको नेतृत्वमा । अव ३ सिट ल्याएर देखाउन त ? त्यो हुत्ति भएका मान्छे हुन । तर पार्टी भित्रको कुरा दिइयो साथीहरुलाई । यो हिजोको चुनावको परिणाम हो । अव आजको चुनावको परिणाम होईन । म साथीहरुलाई भन्न चाहन्छु–अव बैशाख ३० को चुनावको परिणाम र त्यसपछिको चुनावको परिणाम बेग्लै हुन । अघि खगराजजीले पनि भनिसक्नु भयो । त्यो बेग्लै बनाउन तपाई हामी लाग्नु पर्दछ नागरिकको हैसियतले ।’

अध्यक्ष ओलीले एउटा नागरिकको हैसियतले सरकारले गरेका राम्रा कामको समर्थन गर्न र नराम्रा कामको विरोध गर्न पनि स्वास्थ्यकर्मीहरुले सक्नुपर्ने बताउनु भयो । उहाँले मेडिकल कलेज र इन्जिनियरिङ कलेज खोल्नै नदिन मतियारहरु सक्रिय रहेको बताउनु भयो । वरिष्ठ चिकित्सक गोविन्द केसीप्रति संकेत गर्दै उहाँले म नखाऊ भनेपछि सरकार थरर काम्ने गरेको पनि बताउनु भयो । विद्यार्थी बाहिर पढाउने र कमिशन खान पल्केकाहरुले नै नेपालजस्तो स्वास्थ्यको हव बन्न लायक मुलुकमा मेडिकल कलेज नै खोल्न नदिने अवस्था आएको ओलीको तर्क थियो ।

उहाँले भन्नु भयो, ‘स्वास्थ्य क्षेत्रलाई प्रदुषित गर्ने तत्वहरु सक्रिय छन । एकदमै सक्रिय छन । नेपालमा स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोज्ने, स्वास्थ्य शिक्षाको नियोजन गर्न खोज्ने, यहाँ त स्वास्थ्यको, स्वास्थ्य शिक्षाको त हव हुनुपर्छ नेपाल । विश्वको शिक्षा केन्द्र हुनुपर्दछ यो । विश्वको हेल्थ युनिभर्सिटी हुनु पर्दछ नेपाल । विश्व हेल्थका निम्ति मोडल हस्पिटलहरु हुनुपर्दछ यहाँ । नामको मोडेल भनेको होईन मैले । कामको मोडल हुनुप¥यो । यहाँ त एउटा म नखाउ त नखाउ भनेपछि सरकार थरर । अनि एकथरी विद्याथी बाहिर पठाउने मतियार छन र त्यसबाट कमिशन खान्छन । तिनीहरुले फेसबुक क्याम्पियन चलाउछन । यहाँ खोल्न नपाउने इन्जियनियरिङ र मेडिकल छन के । जे सुकै खोल्नुस तर यहाँ हेल्थ एजुकेशन चलाउन पाईदैन । धेर भईसक्यो यहाँ । यहाँ विद्यार्थी बाहिर पठाउने कारोबारमा नोक्सान पर्न थालिसक्यो । इन्जिनियरिङ कलेज खोल्नका लागि पूर्वाधार तयार छ । भवन तयार छ । टिचर तयार छन । तर स्विकृति दिइदैन । यहाँ खोल्न मिल्दैन । राष्ट्रिय हितलाई केन्द्रमा राखेर बोल्नुपर्छ हामीले ।’

त्यस अवसरमा अध्यक्ष ओलीले परीक्षण ल्यावसम्म नभएको अवस्थामा कोभिड नियन्त्रणका लागि तत्कालीन आफू नेतृत्वको सरकारले असाधारण सफलता हासिल गरेको पनि स्मरण गराउनु भयो ।