• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   कार्यकर्तालाई बाड्न सरकारले ५५ अर्ब भन्दा बढी बजेट एक करोड भन्दा तलका आयोजनामा राख्यो: डा.महत ★   म एक्लैले सबैको ठाउँमा खेल्न सक्दिन, हामी व्यक्तिको कारण नभई टोलीको रूपमा हार्यौं: बाबर आजम ★   पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी ★   प्रधानमन्त्रीले नैतिकताको आधारमा पदमा बसिरहन मिल्दैन: प्रभु साह ★   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ: अब्दुल खान ★   अध्यक्ष ठाकुरको प्रश्न: जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसी नेतामाथि मुद्दा किन ? ★   सहकारी मन्त्रालयको ‘ब्रिफिङ’: दुई सहकारीले रकम फिर्ता गरिसक्यो ★   गोसाइँकुण्डमा गङ्गादशहरा स्नान गर्ने बढे ★   शिक्षामा दलिय राजनीतिकरण अन्त्य गरेरै छोड्छु: शिक्षामन्त्री श्रेष्ठ ★   नेपाल–चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तारमा शैक्षिक मेला उपयोगी हुने परराष्ट्रमन्त्रीको विश्वास

राप्रपा नेपाल चुनावी घोषणापत्र सार्वजनिक गर्ने पहिलो पार्टी



काठमाडौँ । राप्रपा नेपालले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । कमल थापा नेतृत्वको पार्टीले शुक्रबार एक कार्यक्रमको आयोजना गरि घोषणपत्र सार्वजनिक गरेको हो ।

यससँगै स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने राप्रपा नेपाल पहिलो दल समेत बनेको छ । घोषणापत्रमा प्रमुख राजनीतिक दलहरुमा कायम रहेको सैद्धान्तिक विचलन, आन्तरिक विवाद एवं ह्रासोन्मुख नेतृत्व क्षमताको पृष्ठभूमिमा देशलाई अहिले एउटा बलियो नयॉ वैकल्पिक राष्ट्रवादी लोकतान्त्रिक शक्तिको आवश्यक रहेको र त्यसमा राप्रपा सफल हुने उल्लेख गरिएको छ ।

कमल थापाले गत फागुन ७ गते राप्रपा नेपाललाई ब्युँताएका हुन् । पूर्वराजा ज्ञानेन्द्रले आफ्नो पार्टीमा हस्तक्षेप गरेको गुनासो गर्दै पार्टी पुनर्गठन गरेका थापाले राजतन्त्रको एजेन्डालाई भने औपचारिक रुपमै परित्याग गरेका छन् । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले काठमाडौँमा ‘शक्ति प्रदर्शन’ गरेकै दिन राप्रपा नेपालका अध्यक्ष थापाले शुक्रबार घोषणापत्र सार्वजनिक गरेका हुन् ।

सो पार्टीले राप्रपा नेपालका उम्मदेवारहरुलाई मत दिएर छान्नु पर्ने कारणहरूका रुपमा ५ कारण उल्लेख गरेको छ । राप्रपा नेपाल स्थानीय धार्मिक–सॉस्कृतिक पहिचान सहितको हिन्दूराष्ट्र पुनस्र्थापना प्रमुख कार्यनीति भएको एकमात्र दल भएको उल्लेख गरिएको छ । यस्तै राप्रपा नेपालले जनताको सर्वोच्चतालाई ग्रहण गरेकोले सुन्ने, हेर्ने र बोल्ने राजसंस्थाको पक्षमा नहुने उल्लेख गरिएको छ ।

यस्तै पार्टीले राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहलाई आदर्श पुरुष मान्नुका साथै पृथ्वीनारायण शाहको दिव्यउपदेशलाई आफ्नो पार्टीको मार्गनिर्देशक सिद्धान्त मान्ने उल्लेख गरेको छ । यस्तो मान्यता अरु कुनै पनि पार्टीहरुले दिएका छैनन् ।

राप्रपा नेपालले नेपालको माटोमा प्रवर्धित सम्वद्र्धनवादलाई पार्टीको मूल दर्शनको रुपमा आत्मसात गरेको र अरू पार्टीहरुले भने मार्क्सवाद, लेनिनवाद, माओवाद, पूँजीवाद जस्ता आयातित विचारलाई मूलमन्त्र बनाएको उल्लेख गरिएको छ ।