४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

बीस प्रतिशत जनसङ्ख्या मात्र स्वास्थ्य बीमामा

बीस प्रतिशत जनसङ्ख्या मात्र स्वास्थ्य बीमामा
अ+ अ-

काठमाडौँ । स्वास्थ्य सेवाको गुणस्तर र जनचेतनाको कारणले स्वास्थ्य बीमातर्फ सर्वसाधारणको आकर्षण बढ्न नसकेको बताइएको छ । स्वास्थ्य बीमा बोर्डले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले स्वास्थ्य सेवा गुणस्तर, जनचेतना कमी र जनशक्तिको अभावले स्वास्थ्य बीमा प्रभावकारी हुन नसकेको बताउनुभयो ।

उहाँका अनुसार विसं २०७२ मा कैलाली जिल्लाबाट सञ्चालन भएको स्वास्थ्य बीमा अहिलेसम्म ५३ लाख चार हजार २७० जनाले मात्र गरेका छन् । अर्थात कूल जनसङ्ख्याको २०.०३ प्रतिशत जनसङ्ख्याले मात्र बीमा गरेका छन् । तीमध्ये २० लाख ८९ हजार ५९९ जना अर्थात (३९.३९ प्रतिशत) ले मात्र बीमा सेवा लिएका छन् । बीमितमध्ये ७० प्रतिशतले मात्र नवीकरण गरेका पाइएको छ ।

“अन्य देशको तुलनामा हामीले पनि स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाएको छौँ । जापान, कोरियालगायत देशमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढेको छ”, उहाँले भन्नुभयो, “हामीले सोचेजस्तो रुपमा कार्यक्रमलाई लैजान सकेका छैनौँ ।”

उहाँले कोरोना भाइरसको कारणले पनि बीमा कार्यक्रमलाई प्रभाव पारेकाले दुई वर्ष प्रभावकारी रूपमा काम गर्न नसकिएको स्पष्ट पार्नुभयो । उहाँले स्वास्थ्य बीमा बोर्डलाई सरकारले कानुनी रूपमा स्वायत्त संस्थाको रुपमा परिभाषा गरे पनि व्यावहारिक रूपमा संस्था स्वायत्त हुन नसक्दा काममा समस्या भएको बताउनुभयो ।

स्वायत्त संस्थाको रूपमा बोर्डलाई लैजानका लागि सरकारसँग ३७२ जनाको स्वीकृत दरबन्दी माग गरेको छ । तीन हजार ५०० रुपियाँको वार्षिक बीमा गरेवापत एक लाख बराबरको स्वास्थ्य उपचार उपलब्ध हुन्छ । बोर्डले ४४१ सरकारी र निजी अस्पतालमासँग बीमा गरेवापतको स्वास्थ्य उपचारका लागि सम्झौता गरेको छ । बोर्डले बीमा कार्यक्रममार्फत अति गरिब, ७० वर्ष माथिका ज्येष्ठ नागरिक, एचआइभी सङ्क्रमित, कुष्ठरोगी, क्षयरोगी, अति अशक्त अपाङ्गता भएकालाई सरकारले नै बीमाको रकम उपलब्ध गराउने गरेको छ ।

नेपालमा अहिलेसम्म १५ लाख आठ हजार ५१४ बीमित परिवारले बीमा कार्यक्रममा सहभागी रहेका छन् । अति गरिब परिवारको चार लाख ८८ हजार चार जनाले, ज्येष्ठ नागरिक छ लाख ३४ हजार ७३५, एचआइभी सङ्क्रमित २५ हजार २८९ जना, अति अशक्त अपाङ्गता ९३ हजार ६२९ जना, कुष्ठरोग सङ्क्रमित दुई हजार ८४९, क्षयरोगी दुई हजार ४७४ जनाले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका छन् ।

आठ स्थानीय तह बाँकी

स्वास्थ्य बीमा कार्यक्रम आठ स्थानीय तहमा अझै लागू हुन सकेको छैन । जिल्लाका ७४५ स्थानीय तहमा बीमा कार्यक्रम लागू गरिए पनि उपत्यकाका आठ स्थानीय तहमा बीमा कार्यक्रम लागू गरिएको छैन । बोर्डका शाखा अधिकृत सिर्जना पौडेललका अनुसार काठमाडौँ जिल्लाको काठमाडौँ महानगर, किर्तिपुर, बुढानिलकण्ठ, शङ्खरापुर, नागार्जुन तथा ललितपुर जिल्लाको ललितपुर महानगण्रपालिका, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छैन ।

सरकारले स्वास्थ्य सेवा उपभोगको पहुँच तथा उपभोगको सुनिश्चित गर्ने सेवाको विस्तार एव गुणस्तर अभिवृछि गर्न, आर्थिक जोखिम घटाउने तथा न्यूनतम रकम पूर्व भुक्तानीको आधारमा २०७२ चैत २५गतेदेखि बीमा कार्यक्रम सुरु गरेको हो । भोलि शुक्रबार देशभरि नै ‘तपाईको स्वास्थ्य हाम्रो अठोट’ भन्ने नाराका साथ बीमा छैटौँ बीमा दिवस मनाइँदैछ ।

बीमा कार्यक्रममार्फत गरिब, विपन्न एवं सुगम क्षेत्रमा सेवाको पहुँच पुगेको बताइएको छ । बीमा कार्यक्रमअन्तगर्त बोर्डले अहिलेसम्म रु १६ अर्ब ७९ करोड ६८ लाख अस्पताललाई भुक्तानी गरिसकेको छ । यो आर्थिक वर्षमा चैत २० गतेसम्म रु साढे छ अर्ब भुक्तानी गरिएको छ ।